तुलसी प्रसाद कोईराला
उदयपुर–उदयपुर जिल्लामा नेपाल प्रहरीको आयोजनामा जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । ६१ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता ०७३’ आयोजना गरेको हो ।
प्रतियोगितामा महिला पुरुष दुवैको सहभागिता रहेको छ ।
आयोजक प्रहरी कार्यालयका अनुसार महिला पुरुष दुवैतर्फ सिंगल्स र डबल्समा भिडन्त हुने छ भने जम्मा ४० टिमले प्रतिस्पर्धा गर्नेछन् । सोमबार दिउँसोदेखि शुरु भएको प्रतियोगिताको उद्घाट्न दिन ७ टिमको खेल सकिएको छ । मंगलबार बिहान ८ः०० बजेदेखि नै खेल शुरु हुने र फाईनल २ टिमबाहेक सबै प्रतिस्पर्धा सक्ने गरी खेल तालिका सार्वजनिक गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति बोक्सेको कभर्डहलमा शुरु प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट स्वास्थ्य, विकास र गतिशीलताका ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेर प्रहरी दिवस मनाउन लागिरएको आयोजक जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताएका छन् । उनका अनुसार प्रतियोगितामा गाईघाट, बेलटार, कटारी गरी तीनवटै निर्वाचन क्षेत्रका खेलाडीको सहभागिता रहेको छ ।
अन्तिम प्रतिस्पर्धामा पुग्ने खेलाडीहरु भने अन्तिम दिन २० गते भिड्ने छन् , प्रथम विजेतालाई नगद, सिल्ड, प्रमाणपत्र र मेडल पुरस्कारको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको