राजविराज–सप्तरी–सिरहा सडक खण्ड अन्तर्गतको हुलाकी राजमार्ग जिर्ण बनेपछि सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र ६ का सर्वसाधारणहरु समस्यामा परेका छन्
सडकको अधिकांश भागमा बाढीले ठाउँ–ठाउँमा क्षति पु¥याएपछि सो क्षेत्रका बासिन्दाहरु सास्ती भोग्दै आएका हुन् । जिल्लाको पश्चिमी–दक्षिणी भेगका जनताको मुख्य मार्ग नै रहेका हुलाकी राजमार्गलाई बाढीले क्षतिग्रस्त बनाएपछि सो क्षेत्रका बासिन्दाहरुको आवागमनमा कठिनाई उत्पन्न भएको छ ।
बाटो जिर्ण बनेका कारण सुत्केरी विरामीलाई अस्पताल पु¥याउनमा पनि समस्या भएको स्वास्थ्य चौकी वनौलीका प्रमुख राजलाल साहले वताएँ । “यो क्षेत्रको जनताको लागि मुख्य मार्ग नै हुलाकी मार्ग रहेको र अहिले सडकमा चारपांग्रे सवारी साधन चल्न सक्ने अवस्था छैन् यसल सुत्केरी लगायतका विरामीलाई पनि समयमा स्वास्थ्य संस्थामा पु¥याउन अप्ठ्यारो छ” उनले भने ।
गत साउनमा भएको अत्यधिक वर्षाले सडक भत्काउनुका साथै केही स्थानहरुमा कटान समेत गर्दा अर्नाहा देखि वोदेवरसाईन सम्ममा छ ओटा भङ्गालो तरनुपर्ने अवस्था छ ।
वालवालिकालाई पठन पाठनका लागि समस्या हुनेगरेको र विरामी तथा सुत्केरीलाई वोकेर पूर्व पश्चिम राजमार्ग सम्म पु¥याउनु पर्ने बाध्यता रहेको स्थानियहरु बताउँछन् ।
समस्या त्यतिकै छैन् वालवालिकालाई विद्यालय सम्म पुग्न पनि समस्या उत्पन्न भएको छ । चन्द्रावती उच्च मा.वि. वोदेवरसाईन कक्षा ८ मा अध्यनरत उमेश मुखियाले भने वाटोमा भङ्गालोका कारण घुमाउरो अथवा आलीको वाटो हिड्नु पर्ने वाध्यता रहेको बताए । उनले केहि साथीहरु वाटो विग्रिएका कारण पढाईका लागि विद्यालय नजाने गरेको दुखेसो पोखे ।
सवारीको नाउँमा साइकल मात्र संचालनमा रहेको वनौली वार्ड नम्बर ४ का राजाराम साहले वताए । “मा्ेटरसाइकल जाने अवस्था छैन् । चारपाङ्गे गाडी हुलाकी सडकमा चल्ने अवस्था छैन् । चलाए भने त्यो जोखिमपूर्ण छ ।”
स्थानिय वासीहरुले वाटो मर्मत गरि संचालन गरि दिन हुन सम्वन्धित निकाय सँग माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost