काठमाण्डौ–नेपाल प्रहरीले विहीबार आफ्नो ६१औं प्रहरी दिवस मनाएको छ । दिवसको उपलक्ष्यमा प्रहरी हेडक्वार्टर नक्सालमा आयोजित बिशेष समारोहमा बोल्दै गृहमन्त्री विमलेद्र निधीले सरकार माथि स्थानिय तहको निर्वाचन गराउने अभिभारा रहेकोले त्यसलाई ध्यानमा राखेर काम गर्न प्रहरीलाई निर्देशन दिए ।
देशमा अनेक बाधा अवरोध पार गरि लामो इतिहास बनाउनमा सफल भएका नेपाल प्रहरीले स्थानीय तहको निर्वाचन गराउने सरकारको अभिभारा पुरा गर्नमा जिम्मेवारीका साथ काम गर्नपर्ने बताए ।
उनले आफु नेपाल प्रहरीको साथमा रहेको बताउँदै संविधानले तोकेको र सरकारको निर्देशन अनुसार काम गर्न पनि आग्रह गरे ।
सोही अवसरमा बोल्दै नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनलाई भौतिक संरचनामात्रै नभएर हुने नभएकाले गृहमन्त्रालय र सरकारले अविभावकत्व पनि दिनुपर्ने धारणा राखे । उनले इतिहासलाई मुल्यांकन गरेर मात्रै प्रहरी संगठन चल्न नसक्ने बताउँदै सरकारले समयानुकुल रुपमा प्रहरीको अविभावकको रुपमा काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको