विद्यार्थीकालमै कम्युनिष्ट विचारधारा प्रति आकर्षित भई माओवादी पार्टी ले थालेको जनयुद्धमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै डिमन निवासी हाल कंचनपुर बस्दै आएका सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद असोक कुमार मण्डल ‘अमर ’ सँग माई संचार डटकमका लागि पंकज झाले गरेको कुराकानीको संम्पादित अंश ।
तपाईको राजनैतिक जिवनको शुरुवात कसरी भयो ?
मेरो राजनैतिक जिवनको शुरुवात कम्युनिष्ट बाटै भएको हो । म स्कूल पढ्दा आठ नौं कक्षा देखि नै कमिटेड भएर राजनैतिकमा लागेको हुँ ।
 अहिले देशमा संघियताको यत्रो किचल्लो भई रहँदा तपाईहरुको पार्टीको स्पष्ट धारणा चाँही के छ त?
हामीले संघियताको कुरा उठान ग¥यौं र अहिले जनयुद्धले पूर्ण रुपले नेपाली जनताको लागि विजय भएको छैन् । माओवादी नेतृत्व र तत्कालिन सरकार प्रमुख सँगको छलफलमा जुन सेफ ल्याण्डिङ्ग भयो, जसरी एउटा बीचको बाटो अपनाएर शान्ति प्रक्रिया मा लागेँ त्यो शान्ति प्रक्रियाले केही कुराहरुको उपलब्धी भएको छ । तर केही उपलब्धीहरु आझै पनि बाँकी नै छन् । अहिले मुख्य रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र धर्म निरपेक्षता, समानुपातिक र समावेशीका जस्ता उपलब्धीहरु भए । केही समस्याहरु छन् । हामीले उठाएका कुराहरु जस्तै संघियताको कुरा छ, संघियतामा हामीले किचल्लो गरेको होइन । संघियता सम्बन्धमा हाम्रो स्पष्ट धारणा छ । संघियता सहितको अधिकार सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो । तर, काँग्रेस  एमालेले गर्दा खेरी संघियता अहिले अलमलमा परेको छ । फेरी मधेशी मोर्चाको जुन हिसावको संघियता छ, त्यो हिसावको होइन । हामीले जनयुद्धको बेसबाट जुन उठान गरेका थियौं । त्यो कुरामा अहिले पनि अडिग छौं ।
तपाई सप्तरीको क्षेत्र नं. २ बाट निर्वाचनमा लड्नु भयो । जनताले विश्वास गरेर जिताए पनि । निर्वाचनको चार महिना भित्र राजविराज विमान स्थल सुचारु गर्ने तपाईको प्रतिवद्धता बोली मै सिमित रहेको छ नि ?
जनतालाई त्यस्तो लाग्न सक्छ किनभने मैले अन्तराष्ट्रिय श्रम तथा सम्बन्ध कुरो गरे, कुरो गरेर निगमका प्रतिनिधिहरुलाई बसाएर छलफल गरें, हाम्रो सप्तरीको विमानस्थल सुचारु हुनुपर्छ भन्ने हाम्रो माग जोडदार रुपमा हुँदाहुँदै पनि हामीले गरेको प्रयासले मलाई लाग्छ अब ४ महिनामा भनेर ग्यारेन्टी नगरौं । हामी प्रोसेसमा लागि सक्या छौं । सुचारु गराउँछौ । केही कुराहरु प्रोसेस र प्रक्रियाहरु मिलाउन समय लाग्छ । मलाई के लाग्छ भने अहिले त तुरुन्तै होइन, तर बन्ने सम्भावना बढी छ । अहिलेको जुन मन्त्री छ, एयरक्राफ्ट पनि हो, पाइलट पनि हो, र उहाँले तपाईहरुको एयरपोर्ट बनाउँछौ, प्लेन चलाउँछौ भनेर बचन पनि दिनु भएको छ । जसले गर्दा सुचारु छिटो नै हुन्छ भने मलाई लाग्छ ।
जिल्ला विकासमा हुने कमिशनको खेल रोक्ने तपाईहरुको दायित्व होईन ?
यो निर्वाचन क्षेत्र विशेष आधारको कोष होस वा सांसदको व्यक्तिगत कोष होस् । सप्तरी जिल्लाको मात्रै त होइन, तर अन्तै भन्दा पनि सप्तरी जिल्लामा व्यापक भ्रष्टाचार हुन्छ भनी आम पब्लिकले पनि भन्दै आएको छ । तर मलाई लाग्छ मेरो क्षेत्रमा म दावाको साथ भन्छु मेरो निर्वाचन क्षेत्रमा विकासका एकदम राम्रो काम भएको छ, त्यो नमुनाको रुपमा अहिले पनि छ । पोहोर परारको हेर्दा पनि हुन्छ, र यो आर्थिक वर्षको होर्दा पनि हुन्छ । मलाई लाग्छ मेरै क्षेत्रमा केही यस्ता माननीयहरु छन जो जिविसमा कमिशन दिएर बढी पैसा बचाउँन, बरु काम नगरी पैसा बचाउने कुराहरु आएको छ । तर मैले अनुगमन ग¥या छैन, मलाई लाग्छ एकदिन सबै पत्रकार मित्रहरुलाई जम्मा गरेर, प्रशासन सहितको टोलीलाई लिएर म अनुगमन गर्न जान्छु, बजेट अनुसारको काम भएको छ कि छैन् । अर्काे कुरा जिल्ला विकासको कमिशनको, मलाई लाग्छ यहाँका पत्रकार मित्रहरुलाई धन्यवाद दिनुपर्छ । दिनै पिच्छे पत्र–पत्रिका मार्फत होस् वा सामाजिक संजाल मार्पmत । जिल्ला विकासको भ्रष्टाचारको बारेमा, कमिशनको बारेमा कर्मचारीको बारेमा बोल्नु भयो । तर, राज्यले जुन हिसावले एकशन लिनु पथ्र्यो त्यो लिन सक्या छैन । मैले सदनमै जिल्ला विकासको भ्रष्टाचारको बारेमा र परसेन्टेजको बारेमा बोलेको छु ।
जब सम्म जनता जागरुक हुँदैन, नागरिक जागरुक हुँदैन तब सम्म जिल्ला विकासको पन्ध्र पर्सेन्ट, बीस पर्सेन्ट र चालिस पर्सेन्टको अन्त्य हुँदैन ।
एउटै अमर मण्डल मात्रै होइन, एक वा दुई जना इमान्दार भएर हुँदैन । यहाँ सत्तरी प्रतिशत बढी मानिसहरु छन् जो कमिशन दिएर पनि छिटो काम गराउन चाहन्छन् । मेरो क्षेत्रमा २० लाखबो सोलारको कार्यक्रम थियो । मैले बाह्र लाखको चेक पाएँ । काम हेर्नुस् । मैले ३ वर्षको ग्यारेन्टीको कुरा पनि गरेको छु । तर, जिल्ला विकासको कमिशनको चलखेले गर्दा बाह्र लाखको मात्र बिल बनाएको छ ।
सांसद पनि जिल्ला विकासमा कमिशन नदिँदा पिडित भएको होईन ?
पिडित त नभनौं, यसलाई पिडित भन्न मिल्दैन, सांसद त पिडित छैन्, उपभोक्ता पिडित भएको छ । उपभोक्ताले गुनासो ग¥यो माननिय ज्यू, तपाईको निर्वाचन क्षेत्रमा शोलार जडान गरें, बीसलाखको योजना थियो त्यसमा डाइरेक्ट त्यो साइडको इन्जिनियरले मलाई यति देउँ , भनेर गुनासो आयो । म एउटा परिवारिक कार्यक्रममा व्यस्त थिएँ, जसकारण ती उपभोक्ताहरु मारमा परे । म फ्रि भएको भए त्यो पिडित हुदैन्थ्यो ।
सप्तरीको विकास जुन गतिमा हुनुपर्ने हो, त्यसमा कमि देख्नु हुन तपाईले ?
मज्जाले म देख्छु । अरु जिल्ला जहाँ कोशी पारी, ब्यारेज कटी सकेपछि त्यहाँका जिल्लाहरुका मुहार फेरी सकेका छन् । तर, सप्तरीमा कारण छ । यहाँ अहिले पनि तपाई सुन्नु भो होला की, आन्तरिक बजेट, आन्तरिक कोषको पैसा कसैले चलाउँन पाउँदैन । तर, जो–जो एलडीओ निमित्त भयो । उनीहरु यहाँका मधेशी नेताहरु संग मिलेर भ्रष्टाचार गरेकोे छ ।
अहिले कतिको डेड भएको छ पैसा नब्बे लाख जति पेमेन्ट गर्नु बाँकी छ, तर, कोषमा पैसा छैन । मालपोतले पठाई दिया छ, अरु कार्यालयहरुले पढाई दिन्छ तर पैसा कहाँ छ ? थाहाँ छैन । म तपाईलाई बिनम्र आग्रह गर्छु करिब एक करोड रकम छ सिमा सुरक्षामा, एउटा काम नगरी, कागज मिलाएर खाई दिया छ । कागजमा मिलाएर सबै पैसा खाएको छ । भ्रष्टाचारको चरम उत्कर्षमा पुगेको छ जिल्ला विकास । अन्य जिल्लाको तुलनामा भ्रष्टाचारमा नेता देखि लिएर जिल्ला विकास चुर्लुम्म डुबेको छ ।
तपाईको पार्टीले दशैअघि नै संशोधनले प्रस्ताव लाने घोषणा गरेको थियो । कस्तो छाँट–काट देख्नु हुन्छ ?
मलाई लाग्छ कमरेड प्रचण्ड त्यसमा दृढ हुनुहुन्छ । मधेशका मुद्दाहरु संशोधन प्रस्ताव मार्फत सम्बोधन हुनुपर्छ भन्ने वहाँको स्पष्ट धारणा छ, जसमा तपाईले देख्नु भयो प्रचण्डको नेतृत्वमा सरकार गठन हुने वित्तिकै मधेशी मोर्चाको माग बमोजिम मुद्दा फिर्ता लिन,े शाहिद परिवार तथा घाइतेहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने निति अनुरुप रकम समेत उपलब्ध गईसकेको छ, तर यहाँ सोच्नु पर्ने कुरा छ । हामीले पनि बुझ्नु पर्ने कुरो मधेशी नेताहरुको आवाज बुलन्द गर्न मान्छेहरु सडकमा ज्यान दिएको छ । शहिद जनताका छोरा–छोरी भएका छन् । घाइते जनताको छोरा छोरीहरुले पाउनु पर्छ, कुनै दलगत पार्टीले होइन । तर मधेशी मोर्चाको निर्णय हेर्नुस् तपाईहरु । मधेशी नेतालाई पैसा दिने होइन, शहिद परिवारलाई दिइनु पर्छ, घाइतेहरुलाई दिइनु पर्छ । तर यहाँ लिला के भईरहेको छ भने पार्टीलाई दिने र पार्टीले त्यो पैसा शहिद तथा घाइतेहरुलाई दिने । यसमा भ्रष्टाचार हुने शंका लाग्छ । अर्को कुरा, हिजो पनि हाम्रो गृहमन्त्रीले कैलाली, टिकापुर लगायतका जति पनि छन मुद्दाहरु फिर्ता लिने भनेका छन् । मलाई लाग्छ संशोधन प्रस्ताव पनि छिट्टै कमरेड प्रचण्डले लग्नु हुन्छ ।
मधेशवादी दलहरु समर्थन फिर्ता लिने देखि लिएर आन्दोलनकै चेतावनी दिन थालेका छन नी ?
त्यो घुर्की मात्र हो मधेशी दलको । मलाई लाग्छ आन्दोलन गरेपनि जनता जाने छैनन् । उनीहरुको कुरा पनि जनताले हेरी सकेका छन् । आन्दोलन गर्छ भने अब त्यो कसको लागि हो ? नेताको लागि हो की जनताको लागि हो? तर, मलाई लाग्छ मधेशका नेताहरु अहिलेको गठबन्धनको सरकारलाई तर्साउन मात्रै त्यस्तो कुरा भन्दै छन् ।
अन्तमा तपाई माई संचार डटकम मार्फत के भन्न चाहनु हुन्छ ?

सम्पूर्ण नेपालीहरुमा विजया दशमीको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । आम जनताको सेवक हुँ । न्यायप्रेमी जनसमुदायले देखाएको बाटोमा हिड्छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको