विराटनगर–मोरङको टंकिसिनुवारीमा शुक्रबार साँझ रोकी राखेको लहरीमा पछाडीबाट यात्रुवाहक बसले ठक्कर दिंदा घाईते भएको २७ मध्ये दुई जनाको मृत्यू भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यू भएको हो ।
मृत्यु हुनेमा सुनसरी चक्रघट्टी वार्ड नम्बर ४ निवासी ५६ वर्षिया देविका कार्की र दुहवी वार्ड नम्बर ९ का अभिशेक झा छन् ।
ठक्करबाट गम्भिर घाईते भएका उनीहरुको शुक्रबार राती उपचारकाक्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ । दुर्घटनामा परी अन्य २५ जना घाइतेहरुको विराटगनरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिराटनगरबाट ईटहरीतर्फ जांदै गरेको ना. ४ ख ६०८० नम्बरको बस कोशी राजमार्ग अन्तरगत टंकिसिनुवारी ५ मा रोकी राखेको एमएल–ओएल–डि ९६३१ नम्बरको लहरी लाई पछाडीबाट ठक्कर दिएको थियो । बस तथा लहरीका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost