राजविराज– दशैंको आज आठौं दिन, जसलाई हामी महाअष्टमी पनि भन्छौं । महाअष्मी तिथिमा दुर्गा भवानीको आठौंस्वरुप महागौरीको पूजा आराधना गरिन्छ ।
घटस्थापनाको दिन स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा विधिपूर्वक पूजा–अर्चना गरिने भएकाले यसदिन शक्तिपीठ, दशैंघर अनि मन्दिरमा विशेष घुइँचो रहन्छ ।
दुर्गाका भवानीका ९ रुप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा–अर्चना गरिन्छ ।
यसदिन भद्रकालीको पनि विशेष पूजा–अर्चना गरिन्छ । शक्तिकी महास्वरुपा महागौरी र भद्रकालीस्वरुपको अनुष्ठान गरिसकेपछि बलि दिने चलन पनि रहि आएको छ ।
सप्तरीको छिन्नमस्ता शक्ति पीठ, भारदहस्थित कंकालिनी मन्दिर, जनकपुरको राजदेवी मन्दिर, बाराको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगन्जस्थित विर्तामाई, गहवामाई, विराटनगरमा रहेको कालीमन्दिर देशको विभिन्न स्थानमा रहेको शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुराको बलि प्रदान गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost