सामाजिक र धार्मिक क्षेत्रमा उदाहरणीय काम गर्नुपर्नेमा जोड
राजविराज । तेली कल्याण समाज नेपाल सप्तरीको सातौ जिल्ला अधिवेशनको उद्घाटन सत्र शनिबार राजविराजमा सम्पन्न भएको छ ।
उदघाटन सत्रमा वक्ताहरुले स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय तेली समाजको बीच पारस्परिक सौहद्रता एवं बन्धुत्वको भावनालाई उच्च मान्यता राख्न सवै स्वजातिय सँग आग्रह गरे ।
उदघाटन सत्र कार्यक्रममा तेली कल्याण समाज नेपालका बरिष्ठ उपाध्यक्ष जगदिश साहले स्वजातियबन्दुहरुले जातियता भन्दा माथि उठी सामाजिक र धार्मिक क्षेत्रमा उदाहरणीय काम गर्नुपर्ने आवश्यक रहेको बताए ।
उनले देशको परिस्थितिलाई मध्यनजर गरी राजनीतिक क्षेत्रमा योगदान रहेका व्यक्तिहरुलाई माथि उठाउन सबै स्वजातियहरुसँग समेत आग्रह गरे ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले तेली जाति अव गंगु तेली मात्र नभई राजनीतिक क्षेत्रमा पनि अगाडि बढीरहेकोले त्यसको संरक्षण र संम्बद्र्धनमा एकजुट भई अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले सामाज र देशको विकासमा तेली जातिको भूमिका अह्म रहेकोले अव व्यापारमा मात्र नभई सबै क्षेत्रमा स्वजातियहरुको सहभागिता हुनु पर्ने आवश्यकता रहेको बताए ।
उक्त कार्यक्रममा तेली कल्याण समाज नेपालका सचिवालय सदस्य तथा मानव अधिकारकर्मी संजु साहले स्वजातियहरुमा दाइजो प्रथा अहिले सम्म नहटेका कारण महिला माथि भेदभाव भइरहेको बताए । उनले अव स्वजातिय बन्धुहरु स्वार्थ भन्दा माथि उठेर छोरीहरुमाथि लगानी गरी दाइजो मुक्त समाज निर्माण गर्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साहले तेली समाजलाई अगाडि बढाउन स्वजातिय युवाहरुमा लगानीको आवश्यकता रहेको बताए । उनले बेरोजगार स्वजातिय युवाहरुको लागि व्यपारिक क्षेत्रमा लगानीको आवश्यकता महशुस भएको औल्याए ।
समाजसेवी तथा काँग्रेसका नेता रामदेव साहले तेली समाजले धार्मिक एवं साँस्कृतिक जस्तो महत्वपूर्ण कार्यलाई संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्य बोकेको यो संस्थालाई सबै मिलेर अगाडि बढाउनु पर्नेमा जोड दिए ।
तेली कल्यण समाज नेपालका जिल्ला अध्यक्ष हरिनन्द साहको अध्यक्षतामा भएको कार्यक्रममा तेली कल्याण समाज नेपालका केन्द्रिय सदस्य उमदेश्वर प्रसाद साह, सिताराम साह, रामकिशुन साह, सुवद्धी साह, बौकु साह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।