गाउँपालिका बनाउने प्रक्रिया तत्काल स्थगित गर्नुपर्नेमा जोड
राजविराज–नेपाली काँग्रेसका साँसद रञ्जित कर्णले मधेश केन्द्रित दलहरुलाई बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
उनले नेपाली काँग्रेस, एमाले, माओवादी र मधेश केन्द्रित दलहरु एक ठाउँमा नआए सम्म संविधान कार्यान्वयन नहुने बताए ।
अहिलेको सरकारको पहिलो लक्ष्य नै संविधानको कार्यान्वयन भएकोले प्रधानमन्त्री पुष्षकमल दाहाल र काँग्रसका सभापति शेरबहादुर देउवालाई चारै शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्न आग्रह गरे ।
राजविराज स्थित आफ्नै निवासमा मंगलबार पत्रकार सम्मेलन गरी साँसद कर्णले मधेश केन्द्रित दललाई बाहिर राखेर स्थानिय निकायको संरचना बनाइएमा उनीहरुले नमान्ने र स्थानिय निकायको चुनाव पनि नहुने स्पष्ट पारे ।
सिमांकन, जनसंख्याको आधारमा गाउँपालिका तथा निर्वाचन क्षेत्र जस्ता मूल मुद्दामा मधेश केन्द्रित दलले राखेको असंतुष्टि लाई तत्कालै समाधान गर्न प्रधानमन्त्री संग आग्रह गरे ।
“गाउँपालिका बनाउने प्रक्रियालाई तत्काल स्थगित गरेर मधेश केन्द्रित दलहरुको जे–जे विषयमा असहमति छ पहिला त्यो सामाधान गर्न म प्रधानमन्त्रीलाई आग्रह गर्दछु” उनले भने ।
मधेश केन्द्रित दललाई बाहिर राखेर ८० प्रतिशत सभाषद्ले हस्ताक्षर गरी जारी गरेको संविधान अहिले सम्म कार्यान्वयनमा नआएको बताउँदै साँसद कर्णले भने “मधेश केन्द्रित दललाई बाहिर राखेर स्थानिय निकायको संरचना बनाई चुनावमा गए भने उनीहरुले चुनावमा भाग नै लिदैन र संविधान कार्यान्वयन हुँदैन ।”
जिल्ला मतदाता अधिकार मञ्च सप्तरीको सहयोगमा आयोजित पत्रकार सम्मेलनमा साँसद कर्णले सप्तरीमा व्यापक भ्रष्टाचार बढेकोले यसलाई नियन्त्रण गरी विकासिय काममा तिब्रता ल्याउन जिल्लाको सबै गाविसमा अभियान संचालन गरेको जानकारी दिए ।
उनले अभियान अन्तर्गत जिल्लामा राष्ट्रिय तथा स्थानिय स्तरमा सञ्चालित योजनाहरुको अनुगमन गर्ने, गुणस्तरीय निर्माण काम गर्नका लागि दवाव दिने र योजनाहरु समयमा सम्पन्न गराउनका लागि पहल समेत गर्ने बताए ।
आगामी बैशाख भित्र गजेन्द्रनाराण सिंह एयरपोर्टको डेढ किलोमिटर रनवे कालोपत्रेको काम सम्पन्न हुने जानकारी गराउँदै कर्णले विकासको नाममा सबै राजनीतिक दल पार्टी भन्दा माथि उठेर एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
५ बर्ष भित्र जिल्लाको सबै गाविसलाई हिलोमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्दे उनले यसका लागि गाविसहरुमा दवाव समूह बनाएर दवाव दिने र समस्याहरुको बारेमा स्थानियहरु संग अन्तरक्रिया गरी समाधानको उपाय खोज्ने बताए ।
“कुन ठाउँमा के समस्या छ ? किन विकासीय योजनाका कामहरु रोकिएको छ ? त्यसको लागि कुन निकायमा पहल गरेर हुन्छ त्यो गर्छु र यसको लागि सबैको सहयोग चाहिन्छ” साँसद कर्णले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको