काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित ‘मानसिक सु-स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गोलाप्रथाबाट पेशी तोक्ने अभ्यास हटाउने तयारीप्रति आपत्ति जनाएका हुन् ।

उनले गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उनको दाबी छ ।

उनले भने- ‘अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने भन्ने कुरा आइरहेको छ । यदि त्यो हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी छ ।’

उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाइए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

साथै अध्यक्ष मिश्रले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाएका छन् ।

उनले थप भने- ‘अब प्रधानन्यायाधीश हुनका लागि त्याग-तपस्या गर्नुपर्दैन । प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तित्व भयो भने प्रधानन्यायाधीश हुन पाउने प्रवृत्ति विकास भएको हो कि ?

संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मनपर्ने व्यक्तिलाई नियुक्त गर्ने अभ्यास सुरु भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको