एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा ‘हतारमा सम्झौता नगर्न’ आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन्।

मध्यपूर्व युद्ध अन्त्यतर्फ सहमति नजिक पुगेको चर्चा चलिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा आइतबार प्रतिक्रिया दिँदै ट्रम्पले वार्ता “व्यवस्थित र रचनात्मक ढङ्गले” अघि बढिरहेको बताएका छन्। उनले सम्झौता अन्तिम रूप नलिँदासम्म इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा कायम रहने स्पष्ट पारे।

गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले सुरु गरेको आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुजमार्फत हुने समुद्री आवतजावत लगभग अवरुद्ध गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ। त्यसपछि अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा कडा नाकाबन्दी लागू गरिएको थियो।

यसबीच अमेरिका र इरानबीच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको खबर सार्वजनिक भइरहेका छन्। तर वासिङटनभित्रै सम्भावित सम्झौताप्रति तीव्र द्विदलीय असन्तुष्टि देखिएको छ। धेरै वर्तमान तथा पूर्व सांसद र अधिकारीहरूले प्रस्तावित बुँदाहरूमाथि आलोचना गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको