सिरहा । बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आव्हानमा शुक्रबार सिरहाका सम्पुर्ण सामुदायिक विद्यालयहरु बन्द रहने भएको छ ।
अस्थायी शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी बल प्रयोग गरी राजधानीमा आन्दोलनरत अस्थायी शिक्षकहरुलाई तत्काल रिहाईको माग गर्दै शुक्रवार एक दिनको लागि सिरहाका सम्पुर्ण सामुदायिक बिद्यालय बन्द गर्न आहवान गरिएको बिभिन्न १० पेशागत शिक्षक संघ संगठनद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
केन्द्रिय आन्दोलनमा समर्थन जनाउनेहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक मंच, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी शिक्षक फोरम नेपाल, मधेशी शिक्षक फोरम गणतान्त्रिक, नेपाल शिक्षक परिषद, अखिल नेपाल, राष्ट्रिय शिक्षक संगठन, मधेशी शिक्षक लोकतान्त्रिक फोरम र एकिकृत अखिल नेपाल शिक्षक संगठन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको