काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
पत्थरीको अपरेशनपछि टिचिङ अस्पतालमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड त्यहाँ पुगेका थिए ।
‘हिजो अध्यक्षज्यूलाई आइसीयुबाट सामान्य वार्डमा सारियो, त्यसपछि प्रचण्ड कमरेड अस्पताल पुग्नु भएको थियो । उहाँ स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो,’ एमालेका एक नेताले भने ।
ती एमाले नेताले प्रचण्ड ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताए ।
स्रोतका अनुसार दुई नेताबीच करिब ३०/३५ मिनेट कुराकानी भएको भएको थियो।
एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड-ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको