राजविराज । नेपालको प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीले शनिबार सप्तरीको प्रसिद्ध शक्तिपीठ गाविस सखडामा माता सखडेश्वरीको पूजा गर्दै सम्पूर्ण नेपालीको सुख शान्तिका लागि देवी सखडेश्वरी सित आराधना गरेको बताएकी छिन् ।
चैत्र १७ गते सखडामा हुन लागेको श्री लक्ष्य चण्डी रुद्र महायज्ञको यस मण्डपको शिलान्यास गर्न समेत आएकी राष्ट्रपति भण्डारीले दुई दर्जन बढी वर्ष देखि समाजमा द्वन्ध, अशान्ति र अस्थिर रहेको समेत बताईन ।
दुई छोरी सहित देवी सखडेश्वरीको पूजा गर्न पाएकोमा खुशी व्यक्त गर्दैै राष्ट्रपति भण्डारीले देशमा बहुभाषाी, बहु संस्कृति रहेपनि मुल एउटै नेपाली रहेको बताएकी छिन् ।
सो अवसरमा गाविस छिन्नमस्ताको निवर्तमान गाविस अध्यक्ष सत्यनारायण यादवले जिल्लावासीको तर्फबाट छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा सरकारद्वारा घोषणा गर्नुपर्ने लगायत जिल्लाका विभिन्न समस्याहरु सहितको १३ बुँदे अनुरोध पत्र राष्ट्रपति भण्डारीलाई चढाएको थिएँ ।
राष्ट्रपति भण्डारीले उक्त अनुरोध पत्रमा उल्लेखित अनुरोधहरु नेपाल सरकार मार्फत कार्यान्वयन गराउँने बताउँदै विकाशका लागि स्थानीयवासिन्दाहरु समेत तत्पर भई घचघचाई राख्नुपर्ने र दवाव दिई राख्नु पर्ने धारणा व्यक्त गरेकी थिईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको