राजविराज । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले तीन महिना भित्रमा १८ लाख ९० हजार ४ सय ११ रुपैया ३० पैसा जरिवाना असुल गरेको छ ।
प्रधिकरणका    प्रमूख रामउदगार साहका अनुसार  प्रहरी र प्राधिकरणको संयुक्त चुहावत नियन्त्रणका क्रममा १ सय २३ जना बिद्युत चोरी तथा हुकिङ्ग प्रयोगकताहरु लाई प्रक्राउ गरेको थियो भने १ सय १६ जनाको समान बरामद गरको थियो ।१ सय ४८ जनालाई कारवाही गरि जरिवना वापत सो रकम असुल गरेको हो ।

१सय १६ जनाको मोटर,टि.भी.,फ्यान लगायतको प्रति समान न्युनत्तम वापत रु.३ हजारका दरले ७ लाख २९ हजार ३ सय ५० रुपैया ८८ पैसा, मिटर छडकेमा ५७ जनाको कारवाही वापत रु.११ लाख ६१ हजार ६० रुपैया ४० पैसा जरिवानाबाट असुल गरेको छ ।
हुकिङ्ग नियन्त्रण भएको मध्ये ३ हजार २ सय घरधुरीलाई हुकीङ्ग हटाइएको प्रमुख साहले जानकारी दिए ।
सप्तरी जिल्लामा हाल सम्म घरेलु मीटर ४७ हजार ५ सय,उद्यमी ११सय,सिंचाई तथा अन्य ४हजार ४सय गरी ५३ हजार मीटरको ग्राहक रहेको उनले वताए । गाविस बेल्ही, देउरी, तरही र रामनगर कोदरकट्टीमा बजेटको आभावका कारण विद्युत जडान हुन नसकेको उनको भनाई थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको