राजविराज । संविधान संशोधन नेपाली काँग्रेसको प्राथमिकतामा रहेको उद्योगमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य नविन्द्र राज जोशीले बताएका छन् ।
सप्तरीको निर्वाचन क्षेत्र नं. ६का नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको पदभार ग्रहण तथा विजया दशमी, तिहार, छठ र इदको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम अन्तर्गत मल्हनियाँ गाविसमा सोमवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्री जोशीले उक्त कुरा बताएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं. ६को क्षेत्रीय सभापति जितेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस अत्यन्त परिपक्क पार्टी भएको र मधेशको मुद्दा, असंतुष्टि लगायत अहिले मुलुकमा उठेका मुद्दाहरुको विषयमा व्यापक छलफल पश्चात काँग्रेस संशोधन प्रस्तावमा गएको मन्त्री जोशीले बताए ।
सोही अवसरमा बोल्दै मन्त्री जोशीले देशभित्र पर्याप्त उद्यमीहरु रहेका तथा तिनका लागि काँग्रेसले गर्नुपर्ने काम र कर्तव्य प्रति काँग्रेस गम्भिरता पुर्वक लागि परेको धारणा समेत व्यक्त गरें ।
आयोजित सो कार्यक्रममा बोल्दै मन्त्री जोसीले ठप्प अवस्थामा रहेको सप्तरी स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आफुले केही गरी देखाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
फरक प्रसङ्गमा बोल्दै मन्त्री जोशीले काँग्रेस विद्यानमा चल्ने पार्टी भएको हुँदा जनभावना अनुरुप चल्ने गरेको कुरा जनताको भावनाको सदैव कदर गरिने समेत उनले बताए ।
तराई सम्बन्धमा सवै भन्दा बढी चिन्तित काँग्रेस रहेको तर विगतमा मधेशबाट काँग्रेसलाई छुट्याउन गरिएको भ्रामक हल्लापछि न लाग्न आग्रह गर्दैै तराईबाट प्रतिनिधित्व गर्ने सांसादहरुले संविधान संशोधन हुनुपर्ने धारणा राखेको हुँदा काँग्रेस संविधान संशोधनको विषयमा अडिग रहेको उनले बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाली काँग्रेस सप्तरी सभापति दिनेश कुमार यादवले सप्तरी जिल्लामा औद्योगिक क्षेत्र विकासका लागी छुटै वजेट छुटयाउन मन्त्री जोशी सँग माग गरेको वताए ।
सो कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, क्षेत्र नं.१देखि ६ सम्मका क्षेत्रिय सभापति ललन प्रसाद गुप्ता,बद्री नारायण महात्मान,महानन्द प्रसाद यादव,राम प्रसाद मंडल, किरण भगत,महिला संघ सप्तरीकी सभापति गीता यादव, महाअधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद यादव,नन्दकिशोर यादव,जिल्ला सदस्य भागवत यादव, वद्री साह नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष व्यासशंकर उपाध्यक्ष लगायतले कार्यसमिति पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए भने स्वागत मन्तव्य महासमिति सदस्य नारायण प्रसाद साहले गरेका थिए ।
बन्द औद्योगिक क्षेत्र संचालन गराउन ज्ञापन पत्र
नेपाल सरकारको करौडोको लगानीमा स्थापित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र संचालनका लागि सरकारको उद्योगीमन्त्री नविन्द्र राज जोशीलाई नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. २ का क्षेत्रीय समितिले आग्रह गरेको छ ।
क्षेत्रीय सभापति बद्री नारायण महात्मान यादवले सोमबार मन्त्री जोशीलाई गणतन्त्र स्थापना तथा घर–घरमा उद्योग र रोजगारको नारा रहेता पनि सप्तरीमा कुनै किसिमको रोजगार मुलक कार्यक्रम तथा उद्योग संचालन हुनुको सट्टा जिल्लामा स्थापित एक मात्र औद्योगिक क्षेत्रमा हाल सम्म कुनै पनि उद्योग संचालन नरहेकोमा सरकारले चासो नदेखाएको आरोप लगाएको छ ।
जिल्लामा व्यापक रुपमा जनसंख्या तथा बेरोजगारीको चाप बढीरहेको हुँदा औद्योगिक क्षेत्रमा उद्योग संचालन गरी बेरोजगारी समस्या समाधान गर्नुपर्ने उद्योग मन्त्री जोशीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सो ज्ञापन पत्रमा कृषि उद्योग संचालन गरी आवश्यक कारवाही गरी प्रत्येक क्षेत्र अन्तर्गत कृषि उद्योग संचालन गर्न सभापति यादव तथा क्षेत्र नं. २ का क्षेत्रीय महाधिवेशन प्रतिनिधि रामदेव साहद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्र निर्वाचन क्षेत्र नं. ६मा आयोजित कार्यक्रममा बुझाएका छन् ।