वीरगंज,। सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र महतोले मधेसको सवालमा तीनै दल बेइमान रहेको आरोप लगाएका छन् । प्रेस मंच नेपाल पर्सा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुको सट्टा खसवादीहरुको स्वार्थपुर्तिको लागि देशलाई ओझेलमा पारेको र देशलाई निकास दिनुको सट्टा लोकमान प्रकण ल्याएर मधेस मुद्दालाई समाप्त पार्ने तिन ठुला दलले चलखेल गरिरहेको बताए ।
संबिधान संशोधन बिषयमा जुन दलले बेइमानी गरे मधेसमा समाप्त हुने चेतावनी दिदै आन्दोलन कुनै जाती , धर्म र समुदायको बिरुद्ध नभई अधिकार र पहिचानको लागि भएको बताए । महतोले मधेसको सवालमा काँग्रेस गैर जिम्मेवार र एमाले ढुलमुले पारा देखाएको र वर्तमान माओवादी नेतृत्वको सरकारले मोर्चासंग गरेको सहमती कार्यन्वयनमा ढिलाई गरेकोले शंका उत्पन्न भएको धारणा राख्दै मधेसी जनतालाई अधिकार र पहिचान बिहिन बनाउने तिन दलकै बिरुद्धमा तिहार र छठ पछि कडा आन्दोलन गर्ने बताए । मधेस आन्दोलन चलिरहदा केपी ओली नेतृत्वको सरकार संग ३६ पटक वार्ता हुनु र बिना निशकर्ष टुङ्गिनु तथा काँग्रेस मधेस मामलामा संस्थागत रुपमा अगाडि नआउनु बिडम्बना हो । तर प्रचण्ड नेतृत्वको सरकारले आशालाग्दो कार्य गरेको भएतापनि पुर्णरुपमा विश्वास गर्ने बातावरण नरहेको बताएका थिए ।
एक फरक प्रसंगमा महतोले तराई मधेस लोकतान्त्रिक पार्टी संग एकिकरणको कुरा ,कुरामै सिमित रहेको र संचार माध्यममा एकिकरण भइरहेको टिप्पणी गरेका थिए ।