विनय कुमार लाल कर्ण
राजविराज–नेपाल विद्युत प्राधिकरण राजविराजले सप्तरीमा २ प्रतिशतले विद्युत चुहाबट घटेको जनाएको छ ।
यस अघि ५९ प्रतिशत विद्युत चुहाबट हुँदै आएकोमा दशैं अघि देखि प्राधिकरणले विद्युत चुहाबट नियन्त्रण अभियान चलाउँदा २ प्रतिशतले चुहाबट घटेको हो । अहिले जिल्लामा ५७ प्रतिशत विद्युत चुहाबट भईरहेको छ ।
चुहाबट नियन्त्रणबाट गएको तीन महिना भित्रमा १८ लाख ९० हजार ४ सय ११ रुपैया ३० पैसा जरिवाना असुल गरेको नेपाल विद्युत प्राधिकरणका राजविराजका प्रमुख रामउद्गार साहले जानकारी दिए ।
साहका अनुसार प्रहरी र प्राधिकरणको संयुक्त चुहावट नियन्त्रण अभियानका क्रममा १ सय २३ जना विद्युत चोरी तथा हुकिङ्ग प्रयोगकताहरु लाई प्रक्राउ गरिएको थियो भने १ सय १६ जनाको समान बरामद गरिएको थियो । १ सय ४८ जनालाई कारवाही गरि जरिवना वापत सो रकम असुल गरेको हो ।
दिपावली पश्चात चुहाबट नियन्त्रण अभियान लाई निरन्तरता दिईने बताउँदै प्राधिकरण प्रमुख साहले जसरी भएपनि यो जिल्लालाई चुहाबट मुक्त जिल्ला बनाउनमा आफूले हर सम्भव प्रयास गर्ने बताए ।
चुहाबट नियन्त्रण गर्नका लागि गाउँ–गाउँमा स्थानियहरुले समिति बनाएको प्रति खुशी व्यक्त गर्दै साहले यसबाट विद्युत चुहाबट नियन्त्रणमा थप मद्दत पुग्नुका साथै ट्रान्सफर्मरहरु पनि जोगिने धारणा राखे ।
“विगत चार वर्ष देखि नेपाल विद्युत प्राधिरणले नयाँ ट्रान्सफर्मर खरिद गरेर नदिएको कारण कुनै ठाउँमा ट्रान्सफर्मर जले जनकपुर बाट मर्मर गराएर जडान गर्नमा महिनौ लाग्ने अवस्था सृजना भएको छ, लोड बढ्दै गएको ठाउँमा पनि ट्रान्सफर्मरको क्षामता बृद्धि गर्न समस्या छ , त्यसैले अहिले जुन ट्रान्सफर्मर बाट सप्लाई भईरहेको त्यसैलाई जोगाएर काम चलाउनुपर्ने बाध्यता छ” साहले भने ।
केही गाउँहरुमा चुहाबट नियन्त्रणका लागि स्थानियहरुले आफै सक्रियता देखाएर समिति बनाएकोबाट हुकिङ्ग रोकिएको छ तर जहाँ समिति बनेको छैन् त्यहाँ अहिले पनि चुहाबट भईरहेको साहको भनाई छ ।
स्थानियहरुले समिति बनाएर चुहाबट नियन्त्रण गरिरहेका गाउँमा पुगेर समिति सहित स्थानियहरुसंग अन्तरक्रिया गरिने बताउँदै साहले भने “गाउँमा पुगेर समिति तथा स्थानियहरुसंग अन्तरक्रिया गर्छु, यसबाट सेवाग्राहीको गुनासो बुझ्न पनि सजिलो हुन्छ र चुहावट नियन्त्रणमा पनि स्थानियहरु सचेत हुन्छ ।” उनले छिट्टै नै गाउँ–गाउँमा पुगेर अन्तरक्रिया गर्नेबारे योजना बनाउने जानकारी दिए ।
यस अघिको तीन महिनामा प्राधिकारणले १ सय १६ जनाको मोटर,टि.भी.,फ्यान लगायतको प्रति समान न्युनत्तम वापत रु.३ हजारका दरले ७ लाख २९ हजार ३ सय ५० रुपैया ८८ पैसा, मिटर छडकेमा ५७ जनाको कारवाही वापत रु.११ लाख ६१ हजार ६० रुपैया ४० पैसा जरिवानाबाट असुल गरेको थियो भने हुकिङ्ग नियन्त्रण भएको मध्ये ३ हजार २ सय घरधुरीलाई हुकीङ्ग हटाइएको प्रमुख साहले जानकारी दिए । सप्तरी जिल्लामा हाल ५३ हजार ग्राहको घरमा मिटर जडान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost