राजविराज । जिल्लाको गाविस लालापट्टी स्थित स्वास्थ्य चौकीमा प्रहरीले म्याद सकिएको औषधी शुक्रबार फेला पार्दैै चौकी प्रमुख सिनियर असिष्टेन्ट हेल्थ वर्कर आनन्द लाल यादवलार्य समेत नियन्त्रणमा लिएका छन् ।
सूचनाको आधारण्मा ईलाका प्रहरी कार्यालय सखडाको प्रहरीको टोलीले स्वास्थ्य चौकी लालापट्टीबाट पारासिटामोल पाँच सय मिली ग्रामको ६ सय दुई वटा ट्यावलेट बरामद गरेका हनु ।
उपभोग्य म्याद २०१५ लेखिएको उक्त परिमाणमा औषधी फेला परेपछि प्रहरीले आवश्यक अनुसन्धानका लागि भन्दै स्वास्थ्य प्रमुख समेत रहेका सिअहेव यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता, स्वास्थ्य चौकी लालापट्टीमा म्याद सकिएको विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक राज नारायण ठाकुरले यसलाई स्वभाविक बताउँछन् ।
म्याद सकिएको औषधी नष्ट गर्न स्थानीय समिति र जिल्ला जनस्वास्थ्य कार्यालयको प्रतिनिधिको रोहबरमा नष्ट गर्ने व्यवस्था रहेको र कुनै कारणवश सवै कुरा मिल्न नसक्दा औषधी पोका बनाएर छुट्टै राखिएको निरिक्षक ठाकुर बताउँछन् ।
निरिक्षक ठाकुरले स्वास्थ्य विभाग, पुर्वाञ्चल क्षेत्रीय निर्देशनालयले म्याद सकिन केही महिना मात्र बाँकी रहँदा आवश्यका भन्दा बढी मात्रामा औषधी जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाई दिने गरेको हुँदा यसर अत्यधिक मात्रामा औषधीहरु नष्ट गर्नुपर्ने अवस्था सृजीत रहेको समेत स्पष्टी दिएँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost