लाखौंको धनमाल क्षति, एक बालिकाको ज्यान गयो
राजविराज । हिन्दुधर्माबलम्बीहरुको महान चाड तिहारको अवसरमा यत्रतत्र हर्षाैल्लासका साथै दिपावली गरिराखिएको अवस्थामा जिल्ला विभिन्न स्थानमा आगलागी हुँदा लाखौंका धनमाल जली नष्ट हुनुका साथै एक बालिकाको ज्यान गएको छ ।
मंगलबार विहान झण्डै ८ बजेतिर जिल्लाको विषहरिया–७ स्थित हरिनारायण यादवको घरमा केटाकेटीहरुले पटाका पडकाउँदै गर्दा भएको आगलागीमा यादवको लत्ताकपडा तथा किताव जली १२ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मंगलबार दिउँसो सवा १ बजे तिर गाविस पोर्ताहा–४ बस्ने असर्फी लोटिया यादवको गाई गोठबाट सल्केको आगोले निज यादवको गाई गोठ र पुजा घर जली २ लाख बराबरको क्षति पुग्न गएको छ भने सोही आगो सल्की निज यादवकै छिमेकी लक्ष्मण यादवको घरमा आगलागी हुन जाँदा ३ लाख बराबरको क्षति भएको छ ।
यसैगरी मंगलबार बेलुकी ८ बजे जिल्लाको गाविस बेल्ही चपेना–६ शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्कीएको आगोले निज मण्डलकी १३ वर्षिय छोरी संगिता मण्डल गम्भिर घाइते भइ उपचारार्थ गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार गराई रहेको अवस्थामा बुधबार दिउँसो बालिका मण्डलको मृत्यु भएको छ ।
मण्डलको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडा वर्तन गरी झण्डै १ लाख १० हजार बराबरको क्षति भएको तथा मृतक बालिका मण्डलको पोस्टमार्टमका लागि शवलाई सगरमाथा अंचल अस्पताल राजविराजमा राखिएको सप्तरी प्रहरी प्रमुख भिम प्रसाद ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost