राजविराज । प्रहरीले जिल्लाको गाविस तिलाठी–८ अवस्थित बेल्ही भन्सार चौकबाट भन्सार छलि ल्याइदै गरिएको सुन पेल्ने मेसिन, बुट्टा भर्ने मेसिन लगायतका उपकरणहरु शनिबार बरामद गरेको छ ।
सुन–चाँदीको गहना बनाउँदा प्रयोग गरिने विभिन्न प्रकारका बुट्टा भर्ने मेसिन ब्रश लगायतका दर्जनौ उपकरणहरु प्रहरी चौकी तिलाठीका प्रहरीहरुले बेल्ही भन्सार चौकबाटै बरामद गरेका स्थानीय प्रत्यक्षदर्शीहरुले बताए ।
सो सम्बन्धमा प्रहरी चौकी तिलाठीका असई राम कुमार यादव सित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेतापनि बेल्ही स्थित राजविराज भन्सार कार्यालयले भने सो को पुष्टि गरेको छ ।
अन्दाजी ४८ हजार ९ सय मुल्य बराबरका उक्त उपकरणहरु आवश्क कारवाहीका लागि शनिबारै भन्सार कार्यालय बुझाएको भन्सार कार्यालयका सुब्बा रवी ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको