राजविराज । भारतको विहारमा मदिरा प्रतिबन्धित गरिएपछि नेपालबाट अवैध रुपमा मदिरा भारत तर्फ लैजाने क्रममा प्रहरीले पक्राउ गरी भन्सार बुझाइएको भारतीय नागरिक शनिबार तारेखमा रिहा भएका छन् ।
भारतको जिल्ला सुपौल–३ बस्ने ३५ वर्षिय भुपेन्द्र कामैतलाई टाइटेनिक नामक ४८ बोतल मदिरा पिबि–११३२७०४२ नम्बरको मोटर साईैकल सहित इलाका प्रहरी कार्यालय सखडाको टोलीले गाविस तिलाठी–८ अवस्थित राजविराज भन्सार कार्यालयलाई शुक्रबारै बुझाइएको थियो ।
प्रहरीको प्रतिवेदनमा उल्लेख विगो बमोजिमको रकम रु. ४२ हजार ४ सय धरौटी लिई कामैतलाई तारेखमा छाडिएको भन्सार कार्यालयका सुब्बा रवी ओझाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost