
राजविराज । सरसफाइ तपाईको हातमा युवा तपाईको साथमा भन्ने मुलनाराको साथ सप्तरी युवा मुल समारोह समितिद्धारा संचालित ५० हप्ते सरसफाइ कार्यक्रम अन्र्तगत १० औं हप्ता राजबिराज नगरपालिका स्थित भगवती मंदीरको पोखरी तथा खर्साल पोखरीको सरसफाइ गरिएको छ ।
तराईको महत्वपुर्ण चाडको रुपमा रहेको छठ पर्वलाई मध्यनजर गर्दै युवाहरुद्धारा भगवती मंदीर पोखरीको तथा खर्साल पोखरीको परिसर सरसफाइ गरिएको थियो । सो पोखरीहरुमा सरसफाइ गर्दा स्थानीयहरुले समेत युवाहरुलाई सघाएका थिए । युवाहरुद्धारा गरिएको उक्त सरसफाइ कार्यक्रम अन्र्तगत युवाहरुलाई आवश्यक सरसफाइका सामाग्री नहुदाँ सरसफाइ गर्न कठिनाई भएको गुनासो युवाहरुले गरेका थिए ।
सप्तरी जिल्लाद्धारा संचालित १० औं हप्ताको सरसफाइमा रामसपाका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, समाजसेवी प्रमोद यादव, संचारकर्मी रामनारायण बिश्वासको उपस्थिती रहेकाे थियो ।