राजविराज–थारु कल्याण कारिणी सभा सप्तरीले राष्ट्रिय प्रशिक्षण विभागका प्रमुख एवं आदिवासी जनजाती महासंघका पूर्व केन्द्रिय अध्यक्ष राज कुमार लेखीलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।
सप्तरीको जण्डौल स्थित थारु भिलेज रिर्सोटमा मंलबार बसेको जिल्ला समितिको पुर्ण बैठकले लेखीलाई एक बर्षको लागी बहिष्कार गर्ने निर्णय गरेको हो ।
थारु कल्याण कारिणी सभाले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा ‘लेखीले हालै सप्तरीको जण्डोलमा कार्तिक १८ देखी २० गते सम्म तीन दिनको लागी तय भएको राष्ट्रिय प्रशिक्षण कार्यक्रम दुई दिनमा समाप्त गरि संगठनको साख गिराउने कार्य गरेको भनिएको छ ।’
पूर्व सहमती अनुसर कार्यक्रममा भएको खर्च विवरण सार्वाजनिक नगरी जिल्ला कार्य समितिलाई हिसाब दिन आबश्यक छैन्, भनी बैठक नै नगरी लेखी भागेर गएको विज्ञप्तिमा उल्लेख छ ।
संचार माध्यमहरुमा थारु कल्याण कारिणी सभाद्धारा आय—व्याय सार्वाजनिक भनी आएको भ्रामक समाचार प्रति गम्भिर ध्यानाकार्षण भएको जनाउदै बिज्ञाप्तीमा भनिएको छ, ‘लेखीले कुनै पत्रकार सम्मेलन नगरी व्यक्तिगत रुपले भ्रम फैलाउने कार्य गरेकोले भ्रममा नपर्न सम्बधित सबैपक्षसंग आग्रह गर्दछौं ।’
थारु कल्याण कारिणी सभाको केन्द्रिय प्रशिक्षण विभाग प्रमुख जस्तो पदमा बसी संगठनको निती कार्यक्रम र आचारण विपरित कार्य गरी संगठनलाई कमजोर पारी थारु समुदायको मनोबल गिराउने षडयन्त्र गरेकोले आजको मिती देखी १ बर्षको लागी लेखीलाई बहिष्कार गरि सप्तरीमा हुने थाकसको कुनै किसिमको कार्यक्रममा समावेश नगराउने निर्णय भएको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
थारु कल्याण कारिणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य उचित नारायण चौधरी, पूर्व केन्द्रिय सल्लाहकार बौली चौधरी लगायतका बिशिष्ट व्यक्तिहरुको समेत उपस्थिती रहेको अध्यक्ष चौधरीद्धारा जारी प्रेस विज्ञाप्तीमा जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost