गरिवि निवारण कोषले नियम विपरित साझेदार संस्था छनौट गरेको भन्दै सप्तरी सिरहाका प्रस्तावना पेश गरेका गैर सरकारी संस्थाहरुले कोष विरुद्ध रिट दायर गरेका छन् ।
नेपालका ११ लाख विपन्न जनताको घरधुरीमा कार्यक्रम चल्ने निवारण कोषले अपारर्शी रुपले साझेदार संस्था छनौट गरेको भन्दै ८ वटा गैर सरकारी संस्थाले कोष विरुद्ध सर्बाेच्चमा रिट दायर गरेको जनाइएको छ । प्रस्तावना पेश गर्ने संस्था मध्ये एक संस्थाका अध्यक्षका अनुसार गरीवी निवारण गर्ने उदेश्यले स्थापना भएको संस्थालाई साझेदार छनौट गर्नु पर्ने गरीवी निवारण कोष ऐनको दफा–२ (घ) मा स्पस्ट ब्यबस्था भएपनी संस्था छनौट गर्दा उक्त दफा बिपरीत साझेदार संस्था छनौट गरीएको छ ।
आर्थिक प्रलोभनमा परी जिल्ला स्तरीय मुल्याँकनमा बढी नम्बर ल्याउने संस्थालाई छनौट नगरी कम नम्बर ल्याउने संस्थालाई छनौट गरीएको कारण सर्वाेच्चमा रिट दायर गर्नुपरेको प्रस्तावना पेश गर्ने संस्था मध्येका संयोजक प्रमोद चालिसेले बताए ।
केही महिना अगाडि गरिवि निवारण कोषले साझेदार संस्थाहरु छनौटका लागि प्रस्तावना पत्र आह्वान गरे बमोजिम दर्जनौ गैर सरकारी संस्थाले प्रस्तावना पेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको