राजविराज । विभिन्न स्थानबाट विभिन्न मुद्दामा लिलामीका लागि भन्सार बुझाइएका सन २००७ भन्दा पूर्व बनेका सवारी साधनहरु कवाडीमा समेत लीलामी हुन नसक्दा अझ कवाडी बन्दै गएको छ ।
सन २००७ भन्दा पहिलो बनेका सवारी साधनहरु कवाडीमा लीलाम गरिनुपर्ने प्रावधान अनुसार समेत लीलाम हुन नसकेका विभिन्न मोडेलका ११ वटा कार जिप र १० वटा मोटर साइकल सप्तरीको गाविस तिलाठी–८ स्थित राजविराज भन्सार कार्यालयमा झन कवाडी बन्दै गएको छ ।
दश वर्ष भन्दा पुरानो मोडेलका कुनै पनि सवारी साधनहरु भन्सार कार्यालयले कवाडीमै लिलामी गर्नुपर्ने प्रावधान रहेको भन्सार कार्यालयका आईटि अफिसर तथा सूचना अधिकारी समेत रहेका बसन्त दास बताउँछन् ।
वर्षौ देखि झण्डै दुई दर्जनका हाराहारीमा रहेका उक्त सवारी साधन खुला आकाश मुनी जमिनमा राखिदा खिया लाग्दै फलामहरु समेत सड्न थालेको छ ।
दश वर्ष पुरानो मोडेलका सवारी साधनहरुलाई यातायात कार्यालयले नम्बर उपलब्ध नगराउने हुँदा त्यस्ता सवारी साधन कवाडी मै लिलाम गर्नुपर्ने हुन जाने बताउँदै भन्सारका सूचना अधिकारीले गत वर्ष गरिएको लिलामीमा केही मोटर साईकलहरु समेत कवाडीमा लिलामी भएको बताउँछन् ।
यस्ता सवारी–साधन खरिद गर्ने व्यक्तिले समेत उक्त सवारी–साधन कवाडीमा प्रति किलोको दरले बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थामा मुल्यांकन मुल्य बढी राखिएको हुँदा लिलाम हुन नसकेको स्थानीयवासीहरु बताउँछन् ।
भन्सार कार्यालयले भने पुनः इन्जिनियर सहितको टोली बोलाई पुनः मुल्यांकन गराई लिलामीको प्रक्रिया मंसिरको अन्तिम साता सम्ममा गर्ने प्रक्रिया थालिसकेको सूचना अधिकारी दास बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको