काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिदाइ  शुक्रबार गरिने भएको छ ।

१८ वैशाख (शुक्रबार मध्यराति १२ बजे) मा सशस्त्र प्रहरी महानिरीक्षकको चार बर्से पदावधि पूरा गरी अनिवार्य अवकाशमा जान लागेका अर्यालको बिदाइ शुक्रबार गरिन लागिएको हो ।

अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमाण्ड समालेका थिए । सशस्त्र प्रहरीका आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ ।

२०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

बिदाइका लागि शुक्रबार दिउँसो ३ बजे सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरिएको छ।

अर्याल आउदो शुक्रबार नै अवकाशमा जाने भएपछि गत सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।

अर्यालको बिदाइ नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नै गर्नेछन् ।

त्यसपछि पौडेललाई महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको