राजविराज । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको नगर र जिल्ला अधिवेशन नेपाली काँग्रेस जिल्ला सभापति दिनेश कुमार यादव र तरुण दलको केन्द्रिय सदस्य सनत मण्डल द्वारा शनिबार जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्ती अनुसार भदौ २९ र ३० गते नगर क्षेत्रको अधिवेशन सम्पन्न भएके तथा कार्तिक २३ गते जिल्ला अध्यक्ष मानविर रजकको अध्यक्षतामा निर्विरोध तरुण दलको पदाधिकारी निर्वाचित भएको छ ।
निर्वाचित हुनेहरुमा केन्द्रिय पार्षद कृष्णचन्द्र यादव, केन्द्रिय महिला पार्षदमा सुष्मा चौधरी, महिला महाधिवेशन प्रतिनिधिमा उर्मिला कुमारी साह, समावेशी प्रतिनिधिमा अर्जुन यादव, मधेशी आदिवासी प्रतिनिधिमा नरेश यादव, दलित प्रतिनिधि जिवछ माझी, अल्पसंख्यक प्रतिनिधिमा मन्टु देव निर्वाचित भएका छन् ।
यसैगरी, क्षेत्र नं. ४बाट अध्इक्ष ज्ञानेन्द्र प्रसाद यादव, देवकान्त बरुवा केन्द्रिय महाधिवेशन प्रतिनिधि, क्षेत्र नंं ५बाट अध्यक्षमा मो. जहागिर तथा महाधिवेशन प्रतिनिधिमा घनश्याम खडका निर्वाचित भएका छन् ।
यत्ता, क्षेत्र नं. ५मा अध्यक्ष राजेन्द्र साह मात्र केन्द्रिय महाधिवेशन प्रतिनिधि भएका छन भने क्षेत्र नं. १ का अध्यक्ष सुष्मा कार्की र केन्द्रिय महाधिवेशन प्रतिनिधि तेज नारायण यादव, र क्षेत्र नं. १ स्थित कंचनरुप नगरपालिका र सप्तकोशी नगरपालिकाका अध्यक्ष क्रमशः दुर्गानन्द चौधरी र नामेश्वर खंग केन्द्रिय महाधिवेशन प्रतिनिधि भएका छन् ।
क्षेत्र नं. २बाट अध्यक्ष शैलेन्द्र कुमार यादव र केन्द्रिय महाधिवेशनमा प्रतिनिधि राजेश कुमार गुप्ता तथा हनुमाननगर योगिनिमाई नगरपालिकाका अध्यक्ष अजय कुमार यादव साथै क्षेत्र नं. ३ का अध्यक्ष संजिव यादव र केन्द्रिय महाधिवेशन प्रतिनिधि नन्द किशोर यादव तथा राजविराज नगर अध्यक्ष सुभाष देव केन्द्रिय महाधिवेशनमा मतदान गर्न पाउने भएका छन् ।
जिल्ला सभापति यादव केन्द्रिय सदस्य मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तीमा क्षेत्रनं. ६ बाट अध्यक्ष चतुरानन्द यादव र संतोष गुप्ता समेत तरुण दलको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।