सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले चार राउण्ड गोली सहित तीन जनालाई शनिबार पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा शसस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैयाको कटारी चौकबाट २ राउण्ड गोली र २ थान गोलीको खोका सहित ३ जनालाई पक्राउ गरिएको हो ।
ज ५ प १२९ नम्बरको मोटरसाइकल चेकजाच गर्ने क्रममा मोटरसाइकलको एयर फिल्टरमा लुकाई राखेको अबस्थामा ८ एमएमको २ राउण्ड गोली र २ थान गोलीको खोका बरामद भएपछि मोटरसाइकलमा सबार रहेका तिनै जनालाई नियन्त्रणमा लिईएको प्रहरीले बताए ।
पक्राउ पर्नेहरुमा मिर्चैया २ मल्हनिया पिरारी बस्ने २१ बर्षीय नरेश कुमार कापैर, २२ बर्षीय २२ जयकिशोर कापैर र २४ बर्षीय बिनोद कापैर रहेको प्रहरीले बताए ।
पक्राउ परेकाहरुको साथबाट एक लाख ३५ हजार नेपाली रुपैया, एक थान ट्याब र तीन थान मोबाइल बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको