राजविराज । संघीय समाजवादी फोरम नेपालले बुधबारबाट जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा घर–घरमा फोरम अभियान थालेको छ ।
अभियानको पहिलो दिन बुधबार गाविस बोरियाको वडा नंं ८ र ९ बाट फोरम नेपालको केन्द्रिय सदस्य शैलेन्द्र साहको नेतृत्वमा उक्त अभियान थालिएको हो ।
सम्भावित आन्दोलनलाई लक्षित गरी थालिएको उक्त अभियानको मुख्यतया तीन उद्देश्य रहेको केन्द्रिय सदस्य साह बताउँछन् ।
हालसम्मको फोरम नेपालको काम कारवाहीको समिक्षा तथा मधेशीको माग सम्बन्धमा सरकारको रबैयाबारे जनता समक्ष छलफल गर्दै सम्भावित आन्दोलनमा सम्पूर्ण मधेशी समुदायलाई होमिन उत्प्रेरित गर्नु मुख्य उद्देश्यका साथ थालिएको उक्त अभियान मार्फत जिल्लामा प्रत्येक घरबाट कम्तीमा एक जना फोरमको सदस्य बनाउने योजना लिएको छ ।
अभियानको क्रममा ग्रामिण भेगमा संग्ठन सुदृढिकरण गर्दै स्थानीय स्तरको समस्या पहिचान गरी सम्बन्धित निकायमा आवश्यक पहल गरी समस्या समाधान गर्ने उद्देश्य समेत रहेको केन्द्रिय सदस्य साले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको