ललित नारायण साह
राजविराज । जिल्लाको गाविस मैनाकडेरी र लोहजारा बीचमा चन्द्र नहरमा बनाइउको पुल छेउँमा तार बोल्डरको त्रेटिङ भत्कीन जाँदा सर्वसाधारणलाई आवत जावत गर्न कटिनाई मात्र नभई ज्यानै जोखिममा पर्ने स्थिति उत्पन्न भएको छ ।
चन्द्रनहरको पुरानो पुल जिर्ण बन्दै जाँदा बनाइएको नयाँ पुलको दुवैपट्टी केटिङ भत्किई सडक नै झण्डै २० फिट तलतिर भासिन जाँदा हाल उक्त पुलमा दुर्घटना समेत बढ्न गएको छ ।
झण्डै ६ महिना अगाडि यसरी पुलछेउको बाटो भासिन गएतापनि हाल सम्म सम्बन्धित निकायको ध्यान पुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।
पुलको वारी पारी रहेको बाटो भासिएको उक्त पुल हुँदै आवागमन गर्ने नौलो यात्रीले थाहा पाउन नसकी दुर्घटना हुने गरेको स्थानीयहरु बताउँछन् ।
दशैत्ताका नयाँ भैसी खरिद गरी आउँदै गरेको एक अपरिचित व्यक्तिको सो स्थानमा भैसी सहित २० फिट तल खस्न जाँदा मानिस बाँच्न सफल भएतापनि भैसीको भने उपचार गर्दा गर्दै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् ।
यसैगरी, भाईटिकामा दिदीबाट टिका थाप्न जाँदै गरेका एक युवक समेत सोही स्थानमा मोटर साइकल सहित खसी दुर्घटनामा परी गम्भिर घाइते भएको लोहजारा–८का मो. मुसिनले बताए ।
उक्त स्थानमा हुने गरेको दुर्घटनाहरुमा ज्यानै जाने अवस्था रहेतापनि सरोकारवाहरु मौन रहेकोमा आक्रोश व्यक्त गर्छन मुसिन लगायतका स्थानीयवासीन्दाहरु ।
सो सम्बन्धमा कोशी पम्प नहर सिंचाई व्यवस्थापन डिभिजन नं. २मा टोलिफोन सम्पर्क गर्न खोजेपनि सम्पर्क भने हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको