राजविराज । झण्डै नौ महिना देखि गाविस सचिव कार्यालय नपुग्दा सर्वसाधारणहरु समस्याको पराकाष्दा नाघेपछि गाविस काचनका सर्वसाधारण आइतबार स्थानीय विकास अधिकारी समक्ष सचिवको माँग गर्दै गुनासो पोखेका छन् ।
गाविस सचिव शशि चौधरी गाविसको कार्यालय नपुग्ने गर्दा जन्मदर्ता, मृत्यु दर्ता लगायत सम्बन्धीत सिफारिस समेतको समस्या झण्डै एक वर्ष देखि काचन गाविसका बासिन्दाहरुलाई उत्पन्न भएपछि हजारौका संख्यामा स्थानीयवासीन्दाहरु गाविस सचिवको माग गर्दै स्थानीय विकास अधिकारी सुदेव पोखरेल समक्ष कार्यालय सचिवको माग गर्दै डेलिगेशनमा आएका छन् ।
झण्डै एक वर्ष देखि गाविस सचिव कार्यालय नपुग्दा त्यहाँका बेरोजगार युवाहरु बैदेशिक रोजगारमा जान खोजेतापनि गाविस सचिवको अनुपस्थितिका कारण आवश्यक प्रक्रिया पु¥याउन चाहिने गाविस स्तरीय कागजात पु¥याउन नसक्दा दर्जनौ युवाहरु बेरोजगारीपूर्ण अवस्थामा बस्न बाध्य भएका छन् ।
गाविस काचनका निवर्तमान गाविसका अध्यक्ष करमैत यादव भन्छन–‘गाविस सचिव को हो ? देखिदैन! गाविसका छोरा बुहारीको नागरिकता छैन । छोरा, भतिजलाई विदेश नपठाए गाँसवासको समस्या उत्पन्न भैसकेकोछ । गाविस सचिव राजविराजमा खोज्दा पनि भैटिदैन ।’
‘सरकार पनि स्थायी नभएपछि गाविस सचिव स्पष्ट रुपमा सरका हो, हामी किन खोज्ने, सरकारलाई भेट्न त! महिनौ लाग्छ नी ! आखिर ! सरकारलाई भेट्न त ! कुर्नै प¥यो !’
नेपाली काँग्रेसका जिल्ला सदस्य समेत रहेका इन्द्रदेव ठाकुर प्रतिक्रिया दिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
