राजविराज । हजुर! तपाई पत्याउँनोस, नपत्याउँनोस! तर सप्ताह व्यापी भागवत पुरणको पंचामृत खाएका गाउँलेहरुमा हाहाकार मच्चिएको छ ।
हाहाकारको कारण दैवि प्रकोप नभई ‘रेविज’ रोगको हाहाकार मच्चिएको छ ।
सप्तरी जिल्लाको नवघोषित नगरपालिका कंचनरुप नगरपालिका–९मा दिप नारायण साहको घरमा भएको सप्ताह व्यापी भागवत पुराणको कार्यक्रममा सहभागि भई पंचामृत ग्रहण गर्नेहरु बीच हाहाकार मच्चिएको हो ।
तिहार ताका एउटा बौलाहा कुकुरले स्थानीय कैलाश साहको गाईलाई टोकेको थियो । साहको दुधारु गाई सोही स्थानका बासिन्दा साहको घरमा थालिएको भागवत पुराणको पंचामृतमा उपयोग गरिएको थियो ।
टोकेको बौलाहा कुकुरको मृत्यु भएपछि हाल गाई रेजिव रोग लागि गाईको समेत मृत्यु भएको पंचामृत ग्रहण गर्नेहरुले देखेपछि गाउँका बासिन्दाहरु बीच रेजिव भ्याक्सीनको लागि हाहाकार भएको छ ।
हुँदा–हुदै उक्त गाईको दुध खाएको बाच्छोमा समेत रेविजको लक्ष्ण देखिएपछि पंचामृत सेवन गर्नेहरु बीच रेविज सुईको लागि थप भागदौड आइतबार देखि मच्चिएको छ ।
जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा आवश्यक मात्रामा रेविज विरुद्धको सुईको व्यवस्था भएपछि धरान स्थित घोपा देखि राजधानी सम्म पंचामृत ग्रहण गर्नेहरुको भागा–भाग भएको छ ।
डाक्टर विनोद गुप्ताको श्रीमति विएससी नरर्सिङ गरेर नागरिमा रहेकी विमला साहले राजधानीमै गएर रेविज विरुद्धको सुई लगाएकी छिन् ।
कोही घोपा त! कोही विराटनगर कोही कतै! भ्याक्सीनमा कुदिरहेको छौ स्थानीयवासीन्दा राम लखन साह बताउँछन् ।
सो सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्दा नित्तित कार्यालय प्रमुख रहेका छेदी यादवले सोमबारै सो सम्बन्धमा काठमाडौं स्थित इमिडियोलोजी रोग नियन्त्रण महाशाखाले भ्याक्सीन सहित टोली नै सप्तरी पठाउने तयारीमा रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको