राजविराज । नेपाल विद्युत प्राधिकरण शाखा राजविराजका कार्यालय प्रमुख रामउदगार साह ग्रामिण भेगमा पुगी विद्युतको समस्या सम्बन्धमा छलफल गर्न सोमबार गाविस जमुनी मधेपुरा पुगेका छन् ।
प्रमुख साहले गाविस मधेपुराको वडा नं. ७ र ८ स्थित छपकी र वडा नं. ९ स्थित भथौल टोल पुगी स्थानीयहरुसँग विद्युत समस्या सम्बन्धमा छलफल गरेका स्थानीयहरुले बताए ।
स्थानीयहरुले समस्याहरु राखे पश्चात प्रमुख साहले समस्याहरु समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
विद्युत चुहावट मुख्य चुनौती रहेको बताउँदै प्रमुख साहले विगतमा ५९ प्रतिशत भइरहेको विद्युत चुहावटमा नियन्त्रण गर्दै हाल ५१ प्रतिशत विद्युत चुहावट भई रहेको बताउँदै यद्यपी, विद्युत चुहावट नियन्त्रण गर्ने अभियान भने जारी रहने बताए ।
साहले भथौल टोलमा छुट्टै पचास केवि क्षमता भएको नयाँ ट्रान्सफर्मर दुई महिना भित्रै जडान गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुराना पोलहरु खिया लाग्दै जिर्ण बन्दै गएको स्थानीयहरुको गुनासोमा अबिलम्ब त्यस्ता पोलहरु मर्मत सम्भार गरिने कुरा समेत बताए ।
उनले छपकी टोलमा मानिसहरुको बसोबास रहेको तर विद्युतीय पहुँचबाट टाढा रहेकाहरुका लागि एक महिना भित्र नयाँ पोल तार जडान गर्ने काम थालिने बताउँदै किसानहरुका सिंचाईका लागि खेतबारी सम्म नयाँ पोल तार जडान गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको