उदयपुर । स्थानीय तह पुर्नःसर्रचनामा जनता भन्दा पनि राजनीतिक केन्दित भएको भन्दै जिल्लाका गाविसका जनताहरु आन्दोलित भएका छन् ।
जनतालाई पाएकपर्ने भन्दा पनि स्थानीय राजनीतिक दलका नेताहरुका स्वार्थ पुर्ति हुने गरी गरिएको समायोजनलाई स्थानीयहरुले नमान्ने बताउँदै आन्दोलनमा उत्रेका हुन ।
मंगलबार जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिन आईपुगेका रौता, पोखरी, आँपटार, खाँबु, लाफागाँउ र साउनेका करिव १ सय जना सर्वसाधरणले तत्काल निर्णय सच्याउन माग गरे ।
स्थानीय कमल राईको नेतृत्वमा संर्घष समिति बनाई जनताहरु यी गाविसका केन्द्र भुट्टार नभई आँपटार र रौता पोखरीको सिमा क्षेत्र ऐतिहासिक पर्यटकिय स्थल रौता पोखरीमा हुनु पर्ने माग राखेका छन् । त्यसैगरी उनीहरुसँगै आन्दोलनमा होमिएका खाँबु र साउनेका स्थानीयले त्रियुगा नगरपालिका नभई रौता माई गाउँपालिकामा समाविष्ट हुन चाहेको आँपटार गाबिसका स्थानीय तथा एमाले निकाट अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य केशव राईले बताए ।
भुट्टार केन्द्र हुने गरी नामाकरण गरिएको रौतामाई गाउँपालिकाको केन्द्र जिल्लाकै पर्यटकिय क्षेत्र, ऐतिहासिक धरोहर, सरकारी जग्गा प्रसस्त भएको ठाउँ, जलवायुका दृष्टिकोणलेसमेत असाध्य राम्रो ठाउँ भएकाले सोही ठाउँमा केन्द्र बनाउन प्रस्ताव गरिएको आँपटारीका स्थानीयबासी तथा एमाले जिल्ला कमिटी सदस्य टामिन्द्र राईले बताए ।
उनले भने, ‘केहि सिमित नेताको स्वार्थ, राजनीतिक पहुँच प्रर्दशन गरी जनतालाई पायकभन्दा पनि आफु नेता बन्न पाउछुकी पाउदीन भन्ने चिन्ता ग्रसित भएको देखियो त्यो हाम्रा लागि कदापी स्वीकार्य छैन् ।’
भुट्टार केन्द्र मिसिएका गाबिसका जनतालाई पाएक पर्ने ठाउँ नभएको र भोली संरचना बनाउँदा सरकारी जग्गा नभएकाले व्यक्तिका जग्गा खरीद गरेर भवन बनाउँदा आर्थिक भार पर्ने संयोजक राईको भनाई छ । उक्त केन्द्रमा भुट्टार, नामेटार, रौता, पोखरी, आँपटार र लाफागाउँ गरी ६ गाबिसलाई गाभिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost