राजविराज । अन्य दलका नेताहरुले नागरिकता सम्बन्धि भ्रामक प्रचार गरेको आरोप संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् ।
प्रेस फोरमले बुधबार सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उत्त आरोप लगाई मधेशी मोर्चाले कहिले विदेशीलाई नागरिकता दिन र राष्ट्रपति बनाउन भनेको छ? भनि प्रति पश्न नै तेर्साए ।
अहिलेको समयमा अन्तराष्ट्रिय बिहेको बढ्दो चलन रहेको स्मरण गराउँदै बिहे गरिसकेपछि उक्त व्यक्ति विदेशी नभई परिवारिक सदस्य र देशको नागरिक बन्ने हुँदा उसको समानता र अधिकारको करा हुन जाने अध्यक्ष यादवको तर्क रहेको थियो ।
सोही पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीले मिडिया मार्फत प्रस्ताव गरेको चार बुँदाबाट मधेशी, जनजाति, आदिवासी तथा सिमन्तकृत समुदायको मुद्दा संबोधन हुन नसक्ने बताए ।
अध्यक्ष यादवले प्रस्तावित उक्त बुँदा बारे आफुहरुसित कुनै औपचारिक अथवा अनौपचारिक छलफल समेत नभएको बताए ।
वर्तमान अवस्थाको सात प्रदेशको खाकाले मधेशलाई साधनस्रोत र शक्तिबाट बेदखल गर्ने षडयन्त्र पूर्ण उद्देश्य रहेको दावी समेत उनले गरें ।
राज्यले हाल ल्याएको गाउँपालिका तथा नगरपालिकाको खाका नै माथिल्लो सदन कब्जा गर्ने उद्देश्यले ल्याइएको अध्यक्ष यादवको आरोप रहेको थियो ।
सरकारलाई समर्थन दिँदा आफुहरुसँग भएको सहमति मध्ये केही सरकारले पुरा गरेतापनि मुद्दाहरु फिर्ता नभएको कैदी बन्दीहरु हाल सम्म रिहा नभएको तथा मुल संशोधनको मुद्दा सरकार आफैले पटक पटक दिदै आएको संशोधन विधेयकको समयसिमा समेत लम्ब्याउँदै गएको बताउँदै सरकारलाई दिइएको १५ दिने अल्टिमेटम पश्चात आन्दोलनको विकल्प नहुने समेत उनले बताए ।
भाषा सम्बन्धमा देशभरीका सवै समुदायहरुले बोल्ने गरेको भाषा सुचिकृत गरिनु पर्ने तथा सिमाकंन सम्बन्धमा पँच जिल्ला आयोगको जिम्मा लगाइने कुरा कदापी आफुहरुलाई मान्य नहुने बताउँदै राजनीतिक सहमतिको आधारमै सिमांकन हुनुपर्ने धारणा अध्यक्ष यादवले व्यक्त गरें ।
मुलभूत समस्या समाधान नभए सम्म मुलुकबाट द्वन्द्व समाप्त हुन नसक्ने बताउँदै न्यायपालिका र सुरक्षा निकायलार्य समेत संघियतामा लानुपर्ने उनको कथन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको