राजविराज । मधेशी मोर्चा सप्तरी गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको विकास तथा अस्पतालमा भएको छानविन लगायतका २५ बुँदे माग राखि बुधबारबाट अस्पताल परिसरमै आमरण अनसनमा उत्रेको छ ।
पुर्नगठित मधेशी मोर्चा सप्तरीका संयोजक सुवी यादव, बरिष्ठ सल्लाहकार विकास तिवारी, सचिव प्रभाकर सिंह, सचिवालय सदस्य जय सुन्दर खिडहरी र सचिवालय सदस्य साबित्री पंडित अनसनमा बजेका हुन ।
मोर्चाले कार्तिक १२ गते २५ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको थियो । सोही सन्दर्भमा गएका मोर्चाका कार्यकर्ताहरुलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट दिलिप कुमार साहले माग पुरा गर्न नसकिने बताउँदै प्रहरी बोलाई दुव्र्यवहार गर्न खोजेको हुँदा तत्कालै आमरण सनसनमा बसेको संयोजक यादवद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
मोर्चाले अस्पताल बालमैत्री बनाउनुपर्ने र बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ्य, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने , अस्पतालमा स्वच्छ पिउनेपानीको व्यवस्था हुनुपर्ने, अस्पतालको मुल गेटको निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटुरोग, रोडियोलोजिस्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुुनुपर्ने, अस्पतालमा प्रसुति गृह लगायत निर्माणाधीन भवनहरुको निर्माण कार्य अविलम्ब पुरा हुनुपर्ने, अस्पतालका चिकित्सकहरुका लागि आवासको व्यवस्था हुनुपर्ने, अस्पतालमा शल्य चिकित्सासम्बन्धी सम्पूर्ण सामग्रीको व्यवस्था हुनुपर्ने, अस्पतालका वेडहरुमा वेडसिट राखिनुपर्ने, अस्पतालका वार्डहरुमा रहेका शौचालय तथा धाराहरु चालु गर्नुपर्ने, अस्पतालमा रहेका पंखा र झयालहरु मर्मत सम्भार हुनुपर्ने र एसीको व्यवस्था हुनुपर्ने, अस्पतालको मुल गेटमा फोहोर फालिने गरेकोले सोको तत्काल व्यवस्थापन हुनुपर्ने, अस्पताल परिसरमा सँुगुर तथा अन्य जनावरको प्रवेश रोक्न उचित व्यवस्था हुनुपर्ने, अस्पतालमा आवश्यक सुरक्षागार्डको व्यवस्था हुनुपर्ने, अस्पताल परिसर, स्वास्थ्यपरिक्षण, उपचार कक्ष र वार्डहरुको नियमित दैनिक तीनपटक सफाई हुनुपर्ने, अस्पतालका ठाउँठाउँमा फोहोर संकलनका लागि डस्टविन र कन्टेनर राखिनुपर्ने, डस्टविन र कन्टेनरमा संकलन हुने फोहोर दैनिक रुपमा उठाई व्यवस्थापन हुनुपर्ने, अस्पतालमा सरकारले उपलब्ध गराउने औषधीहरुको सूची अस्पताल परिसरमा टाँगिनुपर्ने, आ.व. २०७२।०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सोको खर्च विवरण उपलब्ध गराउनुपर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपूर्ति महाशाखाको शेडयुल अनुसार आ.व. २०७२।०७३ को विकास र साधारण शिर्षकको बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आयव्यय विवरण उपलब्ध गराउनुपर्ने, जिन्सी खाता अनुसारको सम्पूर्ण खर्च भएर जाने र खर्च भएर नजाने विवरण उपलब्ध गराउनुपर्ने, विरामीलाई उपलब्ध गराइने खानाको विरण र सोको ठेक्का बन्दोवस्ती विरण उपलब्ध गराउनुपर्ने, सुत्केरी गर्भवतीका लागि पोषण खानासम्बन्धी, लुगा, इत्यादी प्रसुतिसम्बन्धी आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवारनियोजनसम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने, इमरजेन्सी र बहिरंग (ओटी) चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको बारेमा स्वास्थ्य मन्त्रालय लगायतका निकायहरुबाट तत्काल आवश्यक छानविन र कारवाही हुनुपर्ने मागहरु राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost