राजविराज । आँट गरेर दृढ संकल्पका साथ काम गरे कुनै काम गर्न सकिन्छ । आजको बिलासिता पूर्ण युगमा एक सामान्य महिलाले माँगेरै भएपति मंदिर निर्माण गरेको सुन्दा पत्यार नलाग्न सक्ला ! तर, यस्तै माँगेर र आफ्नो खान्की समेत बेचेर सप्तरीको योगिनीमाई हनुमाननगर की एक महिलाले मंदिर निर्माण गरेकी छिन् ।
विगतमा सल्टी देवी नाम भएकी उक्त महिला हाल माई रामको नामले नगरपालिकाको हनुमाननगरमा चिनिन्छिन् ।
भाकल गरी राखेको पाडोलाई कसैले भाला हानेपछि उक्त पाडो देवीलाई चढाउँन नमिल्ने हुँदा दश हजारमा पाडो बिक्री गरी हनुमाननगर–६मा हनुमान मंदिर निर्माण थालेकी सल्टी देवी निरन्तर मंदिर निर्माणमा तल्लीन भई दश वर्षमा मंदिर निर्माण कार्य अन्तिम चरणमा पु¥याएकी छिन् ।
भारतको माडी खडहौर बिहे गरेतापनि श्रीमान साथ माइत हनुमाननगर मै बस्दै आएकी सल्टीको श्रीमानको बिचमै निधन भएतापनि उनी मंदिर निर्माण गर्ने संकल्पलाई त्यागिनन् ।
श्रीमानको मृत्यु पश्चात सल्टी देवी साधु बनिन् र उनी माई राममा परिवर्तन भइन् ।
माई राम बिहानै बजारका पसलहरुमा गयी पसलेहरुलाई फुल र टीका लगाई दिए वापत पाउने गरेको एक, दुई रुपिया जम्मा गर्दै विस्तारै मन्दिर निर्माण गरि नै रहिन ।
मन्दीर छेउँमै रहेको सानो झुपडीमा बस्दै आएकी माईरामलाई संकलन गरिएको रुपैयाँ राख्न समेत समस्या हुँदा स्थानीय पसले समक्ष नै जम्मा गर्ने गरेतापनि केही रकम गोलमाल गरिएपछि हाल बैंकमै खाता खोलाई जम्मा गर्ने गरेको माईराम बताउँछिन् ।
पाँच÷६ हजार पुगेपछि मन्दिर निर्माणको केही काम गर्दै पुनः रकम जम्मा गरी फेरी निर्माण काम गर्ने गर्दै आएकी उनी सुनाउँछिन् ।
उनीलाई प्रायः जसो गाउँलेहरुले नै निम्तो दिई खान दिने गरेतापनि उनीलाई दानमा दिने गरिएको चामल, आलु नून समेत बिक्री गरी रकम जम्मा गर्ने गरेको उनी बताउँछिन् ।
यसरी, माँगेर मन्दिर निर्माण गर्ने काम विधवा भई गरेकोमा सामाजिक आलोचना समेत खेप्नु परेको दुखेसो उनी सम्झिन्छीन् ।
विगतमा गाविस रहेको हनुमाननगर गाविसको कार्यालयमा पटक–पटक सहयोगका लागि धाउँदा समेत सहायोग नपाएको उनी बताउँछिन् ।
नागरिकक्ताको आधारमा ५५ वर्ष मात्र उमेर पुगेकी माईरामलाई गाविस मार्फत तथा हाल नगरपालिका मार्फत प्रदान गर्ने गरिएको विधवा भत्ता समेत मन्दिर निर्माण मै लगाएकी स्थानी एक पसले बताउँछन् ।
मन्दिर निर्माणको क्रममा सवै भन्दा बढी नगद रकम स्थानीय शैलेश कुमार साहले रु. दुई सय पचास दिएको उनी बताउँछिन् ।
माई रामले मन्दिर निर्माण सँगै प्रत्येक वर्ष विवाह पञ्चमीको अवसरमा मंदिरमा धुमधामका साथ पुजा–आजा तथा उत्सव समेत मागेरै मनाउने गरेको स्थानीयहरु बताउँछन् ।
अझै पाँच वर्ष बाँचे मन्दिर निर्माण तथा बाउन्ड्रिवाल निर्माण समेत सम्पन्न गरी संकल्प पुरा गर्न पाउँने उनको धोको रहेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको