संयोजक राउत सहित सयौै देशभरबाट पक्राउ

राजविराज ।
नेपाल सरकारले मधेशीहरुलाई रंगको आधारमा विभदे गर्दै आएको बताउँदै त्यसैको विरोधमा शुक्रबार स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले रंग भेद विरुद्ध दिवस मनाएका छन् ।
राजविराजमा गठबन्धनका कार्यकर्ताहरुद्वारा शिव मन्दिरको प्राङ्गणबाट निकालिएको जुलुस परिक्रमा गर्दै गजेन्द्र चौकमा कोण सभामा परिणत भएको थियो ।
सुरेन्द्र मधेशीको अध्यक्षतामा आयोजित कोणलाई प्रमुख अतिथि श्यामसुन्दर मण्डल र डा. बिरेन्द्र यादवले सम्बोधन गरेका थिए भने उसमान मिया, धर्मदेव यादव, महेश प्रसाद यादव लगायतकाहरुले समेत उक्त कोणसभामा आ–आफ्ना धारणा राखेका थिए ।
यस अघि सार्क राष्ट्र सम्मेलनमा मंसिर १० गते काठमाडौंमा करिब ४ सय जना मधेशीलाई रंगको आधारमा पक्राउ गरिएका थिए ।
सो को सम्झनामा शुक्रबार देशभर रंग भेद विरुद्धको दिवस मनाउने क्रममा गठबन्धनका संयोजक डा. सिके राउत लगायत कार्यकर्ताहरु विभिन्न जिल्लामा पक्राउ परेका छन् ।स्वतन्त्र मधेश गठनबन्धनका केन्द्रिय संयोकज डा. सिके राउत पक्राउ परेका छन् ।
रंगभेद विरुद्धको दिवस मनाउने क्रममा जनकपुरधामबाट डा.राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । सभालाई सम्बोधन गरेको १ मिनेट नपुग्दै डा.राउतलाई पक्राउ गरेको स्थानीय स्रोतले जानकारी दिए ।
डा. राउतलाई पक्राउ गरी धनुषा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने देशका विभिन्न जिल्लामा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई नेपाल प्रहरीले पक्राउ गरेका छन् ।
यसरी पक्राउ पर्नेहरुमा झापाबाट १ जना, मोरङ्गबाट २५ जना, धनुषाबाट ४२ जना पर्साबाट १० जना, नवलपरासीबाट १९ जना रुपनदेहीबाट ८३ जना र कपिलवस्तुबाट ६ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको