बलिप्रदान रोक्न आग्रह
राजविराज । सप्तरीको प्रसिद्ध शक्तिपिठ गाविस छिन्नमस्ता स्थित सखडेश्वरी मन्दिरमा निर्धारित समय भन्दा अढाई घण्टा ढिलो शनिबार आईपुगेका चर्चित योगगुरु रामदेव स्वामीले उपस्थित हजारौलाई झुमाएका छन् ।
योग सिकाउँदै प्रवचन दिने क्रममा उनले बीच–बीचमा ‘प्रभुजी, इतनी दया कर दो, हमको भि तुम्हारा प्यार मिले’, ‘ऊँ, ऊँ बोल, मनवा ऊँ ऊँ बोल’ जस्ता भक्ति गीत गाउँदै तथा उपस्थित हजारौलाई सँगै गाउँन लगाएर झुमाएका हुन् ।
शक्तिपीठका पिठाधिश महाकान्त ठाकुरको अध्यक्षतामा आयोजित स्वागत एवं नागरिक अभिनन्दन समारोहमा रामदेवले उपस्थित सबैलाई कपाल भाती, अनुलोम–बिलोम र प्रणायाम योग दिनहुँ गरी स्वस्थ्य रहन बताउँदै सबैलाई अभ्यास समेत गराए ।
आयोजित सोही कार्यक्रममा बोल्दै योगगुरु रामदेवले दिनहुँ बलि दिइने उक्त सखडेश्वरी मन्दिरमा बलि प्रदान नगर्न आग्रह गर्दै हजारौबाट प्रतिवद्धता समेत गराए ।
आफुहरु भगवानको सन्तान रहेको बताउँदै कुनैपनि आमाले रगत मन नपराउँने हुनाले देवीलाई रगत चढाइनु हिन्दु धर्मका आलोचकहरुलाई आलोचना गर्ने मौका दिने गरिएको उनको तर्क रहेको थियो ।
मन्दिरमा बलि चढाउँदा पशुको बली नभई पशुत्वको बली चढाइनु पर्ने उनको धारणा रहेको थियो ।
हिन्दु, सनातन धर्मको गहिराई नबुझी पाखण्डीहरुले धर्मलाई बदनाम गराउँने उद्देश्यले बली प्रथा चलाएको बताउँदै भारतमा आधिकांश मन्दिरबाट बली प्रथाको अन्त्य भई सकेको र नेपालको गोला काली मन्दिरमा समेत आफ्नै आग्रहमा बली प्रथा बन्द भईसकेको समेत बताए ।
सोही अवसरमा योग गुरु रामदेवले आचार्य बाल कृष्ण नेपालको गौरव रहेको र महतोको कारण आफु सखडा आई पुगेको बताउँदै उनले बालबालिका तथा यूवा पिढिलाई ठूलो सोच, कडा मिहिनेत तथा मजबुत इरादा साथ अघि बढे लक्ष्यमा पुगीने उपदेश दिँदै आफु पनि गाउँमै जन्मिएको अहिले दुनियामा धुम मचाएको बताए ।
पंक्तजली योग सेवा समितिको केन्द्रिय अध्यक्ष बालकृष्ण आचार्य, एन आर एनका पूर्व अध्यक्ष उपेन्द्र महतो सहित सप्तरी आई पुगेका योगगुरु रामदेवले स्वदेशी उत्पादन प्रयोग गर्न समेत सुझाव दिएँ ।
सोही अवसरमा आचार्य बालकृष्णले समेत बलि प्रथाको विरोध गर्दै निसहाय पशुको बली रोक्न आग्रह समेत गरे । आगामी चैत्रमा हुने लक्ष्य चण्डी रुद्र महायज्ञको लागि पाँच लाख सहयोग गर्ने प्रतिबद्धता समेत आचार्यले व्यक्त गरे ।
सोही, अवसरमा बली प्रदान बन्द गर्ने प्रतिबद्धता जनाएका पिठाधिश ठाकुरलाई रामदेवले दक्षिणा स्वरुप नगद रु. लाख समेत प्रदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost