राजविराज । अस्पताललाई २५ बुँदै मागका ज्ञापन पत्र बुझाएको महिनौं वितिसक्दा समेत अस्पताल प्रमुख गम्भिर नभएपछि मधेशी मोर्चाले अस्पताल परिसर भित्रै खुला स्थानमा थालेको आमरण अनसन आइतबार पाँचौ दिन समेत जारी रहेको छ ।
मोर्चाका संयोजक सुब्बी यादव सहित मोर्चाका सदस्यहरुले २५ बुँदे माग राखि गत बुधबारबाट आमरण सनसनमा बसेका हुन् ।
अस्पतालको विकास, स्तरोन्नती सम्बन्धी २५ बुँदे मागपत्र मोर्चाले महिनौ अघि बुझाएतापनि सो सम्बन्धमा अस्पताल गम्भिर हुनुको सट्टा निरकुंश शैलीमा निम्ति मेडिकल सुपरिटेण्डेन्ट दिलीप कुमार साह प्रस्तुत भएको मोर्चाको आरोप रहेको छ ।
अनसनकारीहरुको अवस्था बिग्रन लाग्दा समेत सम्बन्धित निकाय मौन रहेकोमा मोर्चाका सचिवालय सदस्य रहेका माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधि जय प्रकाश यादव आक्रोश व्यक्त गर्छन् ।
स्वास्थ्य जतो संवेदनशिल क्षेत्रका समस्या समाधान नुहुन दुःखद रहेको बताउँदै उनको अझ सम्म अनसनकारी सँग सो सम्बन्धमा कुनै औपचारिक कुरा समेत सम्बन्धित निकायले नगर्नु अझ बढी असंवेदनशिलताको परकाष्ठा हो भने ।







