लोकेन्द्र स्मृति कोषलाई ५ हजार प्रदान

राजविराज । मुलुकमा चुनाव निकै आवश्यक रहेको तर, यसका लागि दलहरु एक जुट नभएसम्म चुनाव हुन नसक्ने प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले बताएका छन्  ।
सप्तरी आईपुगेका आयुक्त यादवले आइतबार पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन ।
आयुक्त यादवले निर्वाचनका लागि आयोगले तयारी गरिसकेको दलहरु एकजुट हुनु आवश्यक रहेको बताए ।
जनताले विकास चाहेको तर २०५४ साल पश्चात हाल सम्म स्थानीय निकाय जनप्रतिनिधि विहीत अवस्था रहेको उनले बताए ।
निर्वाचन संशोधन ऐन समेत हाल सम्म पास हुन नसकेको बताउँदै आयुक्त यादवले सरकारले कानून र मिति तोकि दिएँ आयोग निर्वाचन गराउँन पक्षमा रहेको समेत बताए ।
सोही अवसरमा निर्वाचन आयुक्त यादवले लोकेन्द्र स्मृति कोषका लागि नगद समेत प्रदान गरेका छन् ।
उनले नगद रु. पाँच हजार नेपाल पत्रकार महासंघ शाखा राजविराजका उपाध्यक्ष श्रवण कुमार देवलाई आयोजित पत्रकार सम्मेलनकै क्रममा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर