राजविराज । गत मंसिर ८ गते सदभावना गजेन्द्रबादी पार्टीका राष्ट्रिय अध्यक्ष विकास तिवारी सहित मधेशी मोर्चाका नेताहरुले थालेको आमरण अनसनमा सोमबार सहमति गरिएता पनि तिवारीले भने मंगलबार समेत अनसन जारी नै राखेका छन् ।
अस्पतालमा अस्पताल विकास, सम्बन्धमा २६ बुँदे माग राखि आमरण अनसनमा बसेका मधेशी मोर्चा सोमबार राति छलफल पश्चात अनसन तोड्दै सहमति गरे ।२६ बुँदे सहमति अनुसार अनसन तोडेको मोर्चाले बताउँदै आएको ।
मोर्चाका सल्लाहकार समेत रहेको अध्यक्षले सहमतिमा आफुलाई वाइपास गरी कागज दुरुस्त काममा सुस्त भन्ने हिसावले सहमति गरिएको बताउँदै अनसन सातौं दिन समेत जारी राखेका छन् ।
अनसनमा मुख्य रुपमा अस्पतालमा भएको लाखौं रकमको भ्रष्टाचार भएकोे मन्त्रालयबाट अनुगमन हुनुपर्ने मागलाई गम्भिरताका साथ नलिएको तथा विरामीको खानाको सुचि बाहिर तत्कालै लेखिनुपर्ने लगायतका अडान अध्यक्ष तिवारीको रहेको छ ।
यत्ता, मोर्चा सम्बन्ध स्रोतले सहमति भई सकेको र कम्तीमा लाग्ने समय अनुसार मागहरु पुरा गर्ने सम्झौता भएकोले अनसनको औचित्य नरहेको बताउँछन् ।
अनसनमा बसेको तिवारीले मोर्चा र राजनैतिक दलको प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतले बुदाँगत रुपमा छलफलबाट गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रशासन बिच भएको सम्झौतालाई पाँच जना अनसनकारी मध्ये चार जनाले अनसन तोडेको छ । यद्यपी मोर्चाका सल्लाहकार समेत रहेका तिवारीले २६ बुदे सम्झौता पत्र प्रस्तुत गर्ने समयमा अनसन स्थलमा थिएन । मोर्चा कै नेताहरुले तिवारीलाई खोजी रहेका थिए । कतिपय कार्यकर्ताले नेताजी कहाँ छन् भनेर खोजि भईरहेका थिए । गरिमा मय पद ओगटेका तिवारी अनसनको स्थलवाट किन गयाव भयो ? किन तिवारीले सम्झौता पत्र प्रस्तुत गर्ने क्रममा मलाई यो बुदाँमा असहमति छ भन्नुसक्नु प¥िथयो । सबैले सहमति गरेको सम्झौता एक नेता मात्र स्वीकार नगरे अनसनमा बसिरहने कुनै औचित्य नहुने मोर्चाका एक नेताले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको