राजविराज । जिल्लाको गाविस कुशहामा मंगलबार भएको आगलागीमा १६ लाख भन्दा बढीको क्षति भएको छ ।
सिस्वा बेल्ही–२का भोली देवी चौधरीको घरमा कुशहा–६ बस्ने राम प्रसाद चौधरीले थापेको पसलमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीमा पसल भित्र रहेको स.२प.३१६५ नम्बरको मोटरसायकल १ थान, साइकल दुई थान तथा पसलभित्र रहेको युरिया लगायतका मल जली १६ लाख पाँच हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीमा कुनै मानविय क्षति भने भएन भने स्थानीय बासिन्दा तथा प्रहरीको प्रयोगले झण्डै आधा घण्टा पछि आगलागीलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको