राजविराज  । सरकारले सामुदायिक विद्यालयहरुलाई विद्यालयमा अध्ययन गर्ने छात्र–छात्राहरुबाट कुनै पनि बहानामा राजस्व शुल्क बाहेकको शुल्क नउठाउँन दिएको निर्देशनलाई लत्याउँदै सप्तरी जिल्लाका विद्यालयहरुमा विद्यार्थीहरुबाट विभिन्न शुल्क उठाउँने गरिएको छ ।

जिल्लाका सदरमुकाम राजविराज स्थित विद्यालयहरु देखि ग्रामिण स्तरका सामुदायिक विद्यालयहरुले समेत विभिन्न बहाना बनाई शुल्क उठाउँने गरेको विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले खुलाशा गरेका हुन् ।
सदरमुकाम राजविराज अवस्थित श्री केशो अनिरुद्धवत्ती माध्यमिक विद्यालयमा समेत अद्र्धवार्षिक तथा वार्षिक परिक्षा शुल्क विद्यालयले विद्यार्थीहरुबाट उठाउँने गरेको विद्यालयका छात्र–छात्राहरु बताउँछन् ।
यत्ता, जिल्लाका गाविस पत्थरगाडा स्थित श्री एस एल पी उच्च मावि पत्थरागाडाले समेत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट नियम विपरित कडा शुल्क उठाएको विद्यार्थीहरुले गुनासो गर्छन् ।
यसैगरी, श्री भुपेन्द्र संस्कृत माध्यमिक विद्यालय सखडामा समेत विद्यालयले विभिन्न प्रकारको शुल्क सहित खेलकुद वापत शुल्क असुल्ने गरेतापनि विद्यार्थीहरुलाई एक मात्र, भलिवल बाहेक कुनैपनि खेलकुद सामग्री उपलब्ध नगराइएको विद्यार्थीहरु बताउँछन् ।
सो सम्बन्धमा पत्थरगाडा उच्च माविका प्रधानाध्यापक देवु यादवले विद्यार्थीहरुबाट शुल्क असुलेको स्वीकार गर्छन । कमन चार्ज रु. एक सय पचास, परिक्षा शुल्क रु. अस्सी तथा सरस्वती पूजा वापत गरी प्रति कक्षा–८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुबाट रु. तीन सय पचहत्तरी मात्र शुल्क लिएको प्रअ मण्डलले बताए ।
सो सम्बन्धमा जिल्ला शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डलले राज्यले कुनै शुल्क नलिन निर्देशन दिएतापनि विद्यालयहरुमा परिक्षा शुल्क उठाउँनु पर्ने बाध्यता रहेको बताउँछन् ।
‘सरकारले निर्देशन त दियो, तर परिक्षा लिन, परिक्षा खर्च व्यवस्थापन गरेन, त्यसैले सामुदायिक विद्यालयहरुले परिक्षा शुल्क विद्यार्थीहरुबाट उठाउँनु परेको छ ।’ अध्यक्ष मण्डलले भने ।
सो सम्बन्धमा जिल्ला शिक्षा कार्यालय सप्तरीका जिल्ला शिक्षा अधिकारी डोल राज पाण्डेले कक्षा–८ मा अध्ययनरत विद्यार्थीहरुका लागी मात्र परिक्षा खर्च उपलब्ध गराईएतापनि अन्य कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुका परिक्षा खर्च सरकारले उपलब्ध नगराएतापनि विद्यालयहरुमा राजस्व शुल्क बाहेकको शुल्क नउठाइनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको