फत्तेपुर । सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुर प्रहरी चौकीले नगरपालिकाका ११ वटै वडामा लगाइएका गाँजाका बोट काटेर नष्ट गरेको छ ।
सप्तकोशी नगरपालिकालाई गाँजा मुक्त बनाउने लक्ष्य सहित फत्तेपुरका प्रहरी इन्चार्ज तुलसी मान कार्कीको कमाण्डमा खटिएको प्रहरी तथा सशस्त्र टोलीको सहयोगमा ११ वटै वडामा अनुगमन गरि १२ सय १५ घरधुरीका आूगन तथा करेसाबारीमा लगाइएका गाँजाका बोटविरुवा काटेर नष्ट गरेको हो । गत आइतबारबाट शूरु भएको अनुगमनका क्रममा १९, २१ र २२ गते गरि ३ दिनमा दुइ हजार १ सय ६ बोट गाँजा काटी जलाएर नष्ट गरेका छन ।
प्रहरीले अधिकांश गाँजा काटेको स्थानमै जलाएर नष्ट गरेको थियो भने केही परिणाममा प्रहरी चौकी भवन परिषरमै बिहिबार पत्रकार, बिभिन्न पार्टी प्रतिनिधिहरु तथा स्थानियको उपस्थितीमा जलाएर नष्ट गरेको थियो । पत्रकारहरुसँग बोल्दै प्रहरी इन्चार्ज तुलसी मान कार्कीले भने “सप्तकोशी नगरपालिकामा गाँजा उत्पादन मौलाउँदै गएको पाइयो । गाँजाको उत्पादनले ठुलो जनसंख्यामा नकारात्मक प्रभाव पर्छ । हामी गाँजा उत्पादनलाई निरुत्साहित मात्र हैन निर्मुल पार्न चाहन्छौ।”
उहाँले पहिलो दिन ५० घरका आँगन र करेसाबारीबाट ५ सय ४३ बोट, दोस्रो दिन ४ सय ६५ घरबाट ५ सय ५३ बोट र तेसो दिन बिहिबार करिव ७ सय घरबाट १ हजार १० बोट गाँजा नष्ट गरिएको बताए । प्रहरीले नशाजन्य पदार्थको उत्पादन रोक्न स्थानीयको पनि उत्तिकै सहयोग रहने भन्दै आगामी दिनमा पनि आवश्यक सहयोगको अपेक्षा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost