राजविराज । जिल्लाको एक मात्र गाविस तिलाठी–८ अवस्थित राजविराज भन्सार कार्यालयको राजस्व संकलन यस महिनामा लक्ष्यभन्दा निकै कम उठेको छ ।
गत महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन भएतानि मंसिर महिनामा हाल सम्म लक्ष्य भन्दा झण्डै साठी प्रतिशत कम राजस्व संकलन भएको छ ।
मंसिर महिनामा भन्सार कार्यालयले रु साठी लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा महिना वित्न झण्डै एक साता बाँकी रहँदा सम्ममा भन्सार कार्यालयले रु २४ लाख ९० हजार ४ सय ९० मात्र उठाउँन सकेको छ ।
भन्सार कार्यालयल भन्सार पैठारीबाट रु १३ लाख १४ हजार २ सय ८७ निकासी सेवाबाट रु २ सय भन्सार सेवा वापत रु ६२ हजार, कृषि सुधार शुल्क ९० हजार २ सय १५, मुल्य अभिबृद्धि कर वापत १० लाख १५ हजार ९ सय आठ रुपैया र अन्तः शुल्क वापत ७ हजार ८ सय ८० रुपैयाँ राजस्व संकलन गरिएको भन्सार कार्यालयका रवी ओझाले बताए ।
गत कार्तिक महिनामा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी कुल ६८ लाख ५८ हजार १ सय ५ रुपैयाँ संकलन गरेको थियो ।
जस अन्तर्गत भन्सार पैठारीबाट ४४ लाख ७७ हजार ३५ रुपैयाँ, निकासी सेवाबाट रु ९ सय, भन्सार सेवा वापत ९७ हजार, कृषि सुधार शुल्क रु ९८ हजार ३ सय २७ रुपैयाँ, मुल्य अभिबृद्धि कर रु. २१ लाख २० हजार ४३ रुपैयाँ र अन्तः शुल्क वापत ६४ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरिएको ओझा बताउँछन् ।
यसरी, राजस्व संकलन मंसिर महिनामा हवात्तै घट्नुमा अधिकांश मानिसहरु हाल खेतिपाती तर्फ लागेकोले हुन सक्ने भन्सार कार्यालयका कर्मचारीहरु आशंका गछ्र्रन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost