राजविराज । धनराजकला अर्थाे न्युरो हेल्थ होम प्रालिले आयोजना गरेको विशेष छुट सहितको दुई दिने बृहत स्वास्थ्य शिविर बिहीबार राजविराज–१मा सम्पन्न भएको छ ।
हाड जोर्नी तथा नशा सम्बन्धी रोगहरुको अप्रेशन विना फिजियोथेरेपी, अकुपञ्चार, अल्ट्रासाउण्ड थेरपी, म्यानुअल, भौतिक तथा विभिन्न चिकित्सा पद्धतिबाट गरिने उपचार अनुसार ४० जना विरामीहरुको विशेष छुटमा उक्त शिविर उपचार गरिएको डा. गणेश कुमार शर्माले बताए ।
शिविरमा नौं जना प्यारालाईसिस भएका विरामी तथा हाडजोर्नी सम्बन्धी समस्या भएका ३१ जना विरामीहरुको गरी कुल चालिस विरामीहरुको उपचार गरिएको बरिष्ट फिजियोथोपिष्ट डा. शर्माले बताए ।
मधेशका बाईस जिल्लामै उक्त प्रविधिबाट उपचार नभइरहेको हुँदा सगरमाथा अंचलमै पहिलो पटक उक्त प्रविधिबाट उपचार गर्न थालेको सो प्रालिले गाईघाट, लहान, लगायत भारतबाट समेत बिरामी आउने गरेका चार सय विरामीहरुको उपचार तीन महिना भित्र गरिएको प्रालि
का चिकिस्तक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको