रकम उठाउँने देखी मदिरा गायब गरीएको खुलासा
पंकज झा
राजविराज । नेपाल प्रहरीका विभागले प्रहरी र सर्वसाधारण जनताविच सँगको सुमधुर सम्बन्ध बनाउँन प्रहरी मेरो साथी अभियान नै चलाईरहेको बेला जिल्लाको इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरीको कामकाजबारेमा स्थानीयहरुले व्यापक असंतुष्टि पोखेका छन् ।
प्रहरीले सेवाग्राही सित गर्नुपर्ने व्यवहार रुखो भएको तथा प्रहरीले तस्कर सहित सर्वसाधारणबाट रकम असुल्ने गरेको आरोप स्थानीयहरुको रहेको छ ।
भारदह–६ का राजिव पैकरा तथा फर्मा ट्रयाक कम्पनी बिचको लेनदेन मुद्दामा भारदह प्रहरी इर्चाज सई नेत्र पोखरेलले पैकराले माँगेको आधा घण्टाको समय सम्म नदिई थुनी दिने धम्की दिइएको तथा तस्करहरु सित मासिक रकम समानहरुको अवैध ओसार–पोसार गराउँने गरेको आरोप नेपाल काँग्रेस भारदह बुथ समितिका अध्यक्ष समेत रहेको स्थानीय पसले विनोद कुमार माझीको कथन रहेको छ ।
भारतबाट सर्वसाधारणले घरायसी प्रयोजनका लागि सर समान ल्याउँदा समेत प्रहरीले सर्वसाधारणबाट रकम असुल्नै गरेको आरोप समेत माझीको रहेको छ ।
फत्तेपुर लगायत अन्य स्थानहरुबाट भारदह बजार लगायत अन्यत्र अवैध निर्यात गर्ने गरेको समेत स्थानीय अर्का एक पसलेले नाम नखुलाउँने शर्तमा बताएका छन् ।
यत्ता, झण्डै तीन साता अघि प्रहरीले भारदह–१ बस्ने पुरन राउँतको घरबाट भारदह प्रहरीले एक कार्टुन मदिरा बरामद गरी लगेको तर, उक्त मदिरा हाल सम्म भन्सार नबुझाइएको स्थानीय पसलेहरुको अरोप रहेको छ ।
लक्ष्मी व्यापार संघ भारदह, पोर्ताहा मधवापुरका अध्यक्ष कुन्दन मण्डलले समेत प्रहरीले रकमको चलखेल गर्ने गरेको स्वीकार गर्दै चौकमा राखिनु पर्ने ट्राफिक प्रहरी कार्यालय अगाडि नियतवश चेकजाँच गरी मनपरी जरीवाना असुली गर्नै गरेको आरोप समेत लगाएका छन् ।
सो सम्बन्धमा इलाका प्रहरी कार्यालय भारदहका ईन्र्चाज नेत्र पोखरेलले आरोपहरु अस्वीकार गर्दै आफु तथा आफ्नो जावनहरुले उक्त एक कार्टुन मदिरा समेत बरामद नगरेको बताएका छन् ।
यद्यपी, राउँतले भने भारदहकै नेपाल प्रहरी एक कार्टुन मदिरा घरबाट बरामद गरी लगेको दावी गरेका छन् ।