राजविराज । मधेशमा नेपाली काँग्रेस पार्टी प्रवेशको लहर चलेको छ । यसैबीच काँग्रेस पार्टीमा छिन्नमस्ता र लालापटी गाविसका दर्जनौं कार्यकर्ता आइतबार प्रवेश गरेका छन् ।
गाविस छिन्नमस्ता गाँउ विकास समितिका सभापति मोहम्द जिवरीलको अध्यक्षतामा सम्मपन्न पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवले सदस्यता रसिद प्रदान गरी अविर माला लगाउलदै चार दर्जन कार्यकर्तालाई पार्टी प्रवेश गराइएको हो ।
सभापति यादवले छिन्नमस्ता गाविसमा नेपाली काँग्रेस कमजोर भए पनि पार्टी प्रवेशले यस गाविसमा उर्जा थपेको वताए ।
उनले पार्टीमा आएको कार्यकर्ताहरु छिन्नमस्ता गाविसलाई स्थानीय निर्वाचनलाई लक्षित गरी गाँउ विकास समितिलाई बलियो बनाउने धारणा व्यक्त गरे ।
उनले देशको परिवर्तन कालखण्डमा आईपरेको समस्या नेपाली काँग्रेसको नेतृत्व पंक्तिले समस्या समाधान गरेको बताए । पार्टीले नेपाली जनतालाई दिइएको बचन २०७० सालको संविधान सभा निर्वाचन तथा २०७२ मा दिएको संविधान रहेको उनले जिकिर गरे ।
सभापति यादवले संविधान निर्माणमा भएकोमा कमी कमजोरीलाई संशोधनको प्रस्ताव मार्फत समाधान गर्न काँग्रेस तयार रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिव राम कुमार यादवले गाउँ विकासको विकासको लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई समयमै ध्यान दिनुपर्ने बताए । मा.जिवरीलको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद यादव, क्षेत्र नं. ४ का क्षेत्रीय सचिव भुपेन्द्र कुमार यादव, महाधिवशेन प्रतिनिधि एकनाथ झा, क्षेत्रीय सदस्य जय प्रकाश यादव, गैसस लोकतान्त्रिक महासंघ सप्तरीका अध्यक्ष अर्जुन कुमार यादव, लालापट्टि गाविसका सभापति रामनन्दन पण्डित, स्थानीय विरेन्द्र यादव, देवराम शर्मा, कुलानन्द यादव लगायतले आफनो मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको