राजविराज। नेपाल सरकारले गाउँ टोलका गाउँ ब्लकका जग्गा व्यवस्थित र विवादरहित, कार्यालयमा रेकर्ड राख्न नापी कार्यालय मार्फत जिल्लाका विभिन्न गाविसहरुमा खटाएको कर्मचारीहरुले सार्वजनिक बाटोलाई समेत व्यक्तिको नाममा नापी गरेको छ ।
पत्थरगाडा गाविसका वडा नं. ३ र ४ स्थिति एक सार्वजनिक बाटो नापी कार्यालयबाट खटिएको नापी गर्ने कर्मचारीहरुले स्थानीय एक व्यक्तिको नाममा नापी गरेको स्थानीयहरु बताउँछन् ।
शम्भुनाथ नगरपालिका र झौहरा चौक जाने बाटोमा जोडिएको १२ फिट चौडाई भएको बाटो स्थानीय लक्ष्मी पंडितले आफनो नाममा नापी गराएको स्थानीय बासिन्दा मालिक पंडितको आरोप रहेको छ ।
स्थानीय बेचन पंडित, राजु पंडित, हरेराम महतो, लक्ष्मी महतो लगायतका व्यक्तिहरु घरबाट निस्किने एक मात्र उक्त बाटो समेत लक्ष्मीले आफनो बुवा बाजेले खरिद गरेको बताउँदै आफनो नाममा दर्ता गराएको मालिकको कथन रहेको छ ।
झण्डै ८० वर्ष पूर्व देखि नै उक्त बाटो सार्वजनिक बाटोको रुपमा उपभोग हुँदै आएकोमा हाल रामस्वरुपले आफनो नाउँमा नापी गराएपछि स्थानीय झण्डै आधा दर्जन घर परिवार कानूनी रुपमा बाटो बिहीन अवस्थामा पुगेको स्थानीय बृद्ध मुनेश्वर मण्डल बताउँछन् । निकै लामो समय देखि गाउँ ब्लकका जग्गाको अभिलेख दुरुस्त नहुँदा गाउँ ब्लकका जग्गाको विवाद रहित अभिलेखीकरण गर्न सरकारले जारी गरेको गाउँ ब्लक जग्गाको नापीमा खटिएका कर्मचारीले गम्भिरतापूर्वक नापी कार्य गर्नुपर्ने स्थानीयहरुको गुनासो रहेको छ ।
स्मरणीय छ , विक्रम सम्बत् २००४ साल पश्चात पहिलो पटक जिल्लाका गाउँ ब्लकका जग्गाहरु नापी काम थालिएको हो ।
सो अवस्थामा नापी कार्यालय सप्तरीका कार्यालय प्रमुख विजय कुमार महतोले भोग अनुसार नापी गरिने र कार्यालयले ७ दिने सुचना समेत जारी गर्ने व्यवस्था अनुसार नापी गर्ने काम संचालनमा रहेको सो सम्बन्धमा आवश्यक छानविन गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost